आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी

एटो थ्री : कर छल्न आयात मूल्य कम तर उपभोक्ताबाट असुलिँदै अकुत नाफा

images
images
images
एटो थ्री : कर छल्न आयात मूल्य कम तर उपभोक्ताबाट असुलिँदै अकुत नाफा

साइमेक्स इंक र यसको नेतृत्वले कम्पनीको योजनाअनुसार काम गर्न नसकेको भन्दै बीवाईडी अटो इन्डस्ट्रिजले नेपालको नीतिगत छिद्र खोजी गर्न दैनिक कार्यव्यवस्थापनमै हस्तक्षेप गर्दै आएको छ।

images
images

काठमाडौं- चर्चित विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले नेपालमा एकपछि अर्को बदमासी गरेको भेटिएको छ। डेढ वर्षअघि ई- सिक्स विद्युतीय कार आयात गर्दा लाखौँ करछली गरेको चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो थ्री कार आयातमा पनि बदमासी गरेको पाइएको हो। 

images
images
images

आधिकारिक बिक्रेता साइमेक्स इंक र विश्वमै ख्याति कमाउने क्रममा रहेको बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडकै मिलेमतोमा नियतबस नेपाल आयात हुने सबैजसो मोडलमा करछली भइरहेको छ।

images

सरकारले विद्युतीय सवारीमा कर सहुलियत दिँदै आएको छ। त्यसलाई नै अझ बढी दुरुपयोग गर्दै नेपाल आउने मोडलका कारमा केही विशेषता नै झिक्ने र कम मूल्य देखाएर करछली भइरहेको छ। 

images

साइमेक्सले एटो थ्री कार आयात गर्दा प्रत्येकपटकजसो मूल्य कम गरेर ल्याएको पाइएको छ। त्यसरी मूल्य कम गरेर आयात गर्दा करछली भएको आशंका भन्सार प्रशासनले गरेको छ। हरेक पटक ‘एटो थ्री विद्युतीय एसयूभी’ आयात हुँदा साइमेक्स इंकले कम मूल्यमा आयात गरेको तथ्य बिजनेस न्युजले फेला पारेको छ। 

images
images

यसरी करछली गरेर आयात गर्नमा विद्युतीय कार उत्पादक कम्पनी बीवाईडी अटो इन्डस्ट्रीकै मिलेमतोसमेत हुन सक्ने भन्दै भन्सार विभागले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। भन्सार विभागले साइमेन्स इंकले आयात गरेको बीवाईडी एटो थ्रीको कागजात विशेष निगरानीमा राखेर अनुसन्धान सुरु गरेको हो। 

६ महिनाको अन्तरालमा आयात मूल्यमा ६ लाख रुपैयाँभन्दा बढी अन्तर देखिएपछि भन्सारले अनुसन्धान सुरु गरेको हो। त्यसरी कम मूल्यमा आयात गरिएका कारको उपभोक्ता मूल्यमा भने खासै कटौती गरिएको छैन।

एकातर्फ प्रिन्सिपल कम्पनीसँग अस्वभाविक मूल्य कटौटी गरेर सरकारलाई राजस्व कम तिर्ने र आयात भइसकेपछि घटेको मूल्यअनुसार उपभोक्ता मूल्य कम गर्नुको साटो अकुत नाफा आर्जन गर्ने नीतिमा बीवाईडी बिक्रेता साइमेक्स इंक रहेको छ। यसरी दोहोरो बदमासीमा बीवाईडीकै संलग्नता किन पनि देखिन्छ भने केही महिनायता साइमेक्सको ‘डेली रिपोर्ट’ हेर्ने गरी दुई जना चिनियाँ नागरिक काठमाडौंमै छन्। 

भन्सार प्रशासनले यसअघि ई सिक्स आयातमा साइमेक्सले करछली गरेको पुष्टि गर्दै थप कर र जरिबानासहित सवा करोड रुपैयाँ भराउने निर्णय गरिसकेको छ। एटो थ्रीमा साइमेक्सले गरेको अर्को बदमासीबारे भने भन्सार विभागसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसमेत आकर्षित भएको छ। 

साइमेक्सले २०२३/१०/१० मा एटो थ्री (४९.९२ किलोवाट आवर ब्याट्री र १ सय किलोवाट मोटर) २ लाख २ हजार युआनमा किनेको थियो। भन्सार प्रशासनलाई झुक्याउन कुनै लटमा बढी मूल्य तिरेर धेरै जसोमा कम मूल्यमा एटो थ्री ल्याएको पाइएको हो।

२०२३/८/३ मा समान स्पेसिफिकेसनको एटो थ्री एकै लटमा १५ वटा ल्याएको र त्यसको मूल्य १ लाख ५६ हजार १ सय ३३.३३ युआन सीआईएफ भ्यालुमा रसुवाढी आइपुगेको थियो। २०२३/१०/६ मा आयात भएको समान स्पेसिफिकेसनको एटो थ्री १ लाख ६० हजार ९ सय युआन सीआईएफ भ्यालुसहित भन्सार आइपुगेको थियो। 

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : एटो थ्रीको आयात पनि शंकास्पद, किन हुन्छ लटैपिच्छे लाखौँ मूल्य कम बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : एटो थ्रीको आयात पनि शंकास्पद, किन हुन्छ लटैपिच्छे लाखौँ मूल्य कम

यसरी साइमेक्सले एउटै एटो थ्रीमा एक महिनाभन्दा कम अन्तरमा आयात गर्दा ६६ हजार युआनभन्दा कम मूल्य ल्याएको छ। एउटै एटो थ्रीमा ११ लाख रुपैयाँभन्दा बढी मूल्यअन्तर देखिएको छ। यसबाट सरकारलाई २ लाखभन्दा बढी राजस्व छलिएको र उपभोक्ताबाट १० लाखभन्दा बढी अतिरिक्त नाफा असुल गरिएको छ। 

साइमेक्स इंक र यसको नेतृत्वले कम्पनीको योजनाअनुसार काम गर्न नसकेको भन्दै बीवाईडी अटो इन्डस्ट्रिजले नेपालको नीतिगत छिद्र खोजी गर्न दैनिक कार्यव्यवस्थापनमै हस्तक्षेप गर्दै आएको छ। 

साइमेक्सले बीवाईडी एटो थ्री आयात गर्दा घटाइएको मूल्य चक्रबारे भन्सार विभागले अध्ययन गरिरहेको भन्सार स्रोतले बतायो। एकातिर छलछाम गरेर सरकारलाई कर कम तिरिएको र अर्कोतर्फ आयात गर्दा नै मूल्य कम हुँदासमेत उपभोक्तामा त्यही अनुपातमा बिक्री मूल्य नघटाइनु निक्कै गम्भीर विषय भएको भन्सारका एक अधिकृतले बताए।  

‘करिब दुई वर्षअघि ई सिक्स आयात गर्दा भन्सार छली गरेको पुष्टि भएर छलिएको कर तथा जरिबानासमेत असुल गर्ने निर्णय भइसकेको छ,’ ती अधिकृतले भने ‘साइमेक्स इंक बदमास भएको त पुष्टि भयो। एटो थ्रीमै पनि करछली गरेको देखिएपछि प्रिन्सिपल कम्पनी बीवाईडी र साइमेक्स दुवैलाई ‘रेड लिस्ट’मा राखेर भन्सार तथा वाणिज्य विभाग दुवैले कारबाही गर्नुपर्छ।’ 

साइमेक्सले बीवाईडी एटो थ्रीमा गरिरहेको नियतपूर्ण करछलीबारे मिहीन अनुसन्धान नहुने हो भने अन्य चिनियाँ कम्पनीहरूले पनि यसैगरी करछलीको योजना बनाउन सक्नेबारे सचेत हुनेपर्ने सरकारी अधिकारीहरूको भनाइ छ।  

बीवाईडीमा साइमेक्सको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।

images

प्रकाशित : सोमबार, पुस २ २०८०१२:१८
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस