शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

टोयोटाले २०३० सम्ममा व्याट्री प्रविधिमा साढे १३ अर्ब डलर लगानी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
टोयोटाले २०३० सम्ममा व्याट्री प्रविधिमा साढे १३ अर्ब डलर लगानी गर्ने

जापानी कार निर्माता कम्पनी टोयोटाले विद्युतीय सवारीका लागि आवश्यक पर्ने व्याट्रीमा ठूलो लगानी गर्ने भएको छ। कम्पनीले २०३० सम्ममा व्याट्री प्रविधि विकास र व्याट्री आपूर्ती प्रणालीमा १३ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको हो।

काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटाले विद्युतीय सवारीका लागि आवश्यक पर्ने व्याट्रीमा ठूलो लगानी गर्ने भएको छ। कम्पनीले २०३० सम्ममा व्याट्री प्रविधि विकास र व्याट्री आपूर्ती प्रणालीमा १३ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको हो। 

उक्त लगानीसँगै अर्को दशकको अटोमोटिभ प्रविधिको महत्वपूर्ण विकाससँगै नेतृत्व लिने विश्वास टोयोटाले गरेको छ। संख्याका आधारमा सबैभन्दा ठूलो सवारी उत्पादक टोयोटा विद्युतीय सवारीमा आाक्रामक हुने संकेत गरिसकेको छ। 

हाइब्रिड कारको पायोनियर टोयोटाले २०२० मा पहिलो विद्युतीय कार सार्वजनिक गर्ने तयारी गरेको छ। टोयोटाले कार उत्पादनमा व्याट्रीको लागतलाई महत्वपूर्ण मानेको छ। 

अबको केही समयमा व्याट्रीको लागत ३० प्रतिशतले कटौती गर्दै इलेक्ट्रिक कारको मूल्य सस्तो हुने छ। व्याट्रीको लागत कम गर्नुका साथै व्याट्रीको रेन्ज बढाउनु पर्ने चुनौती रहेको टोयोटाका प्रमुख प्रविधि अधिकृत मासाहिदो मादाले बताएको रोयर्टसले लेखेको छ। 

टोयोटाले विकास गरिरहेको व्याट्री प्रविधि विकास भएमा अहिलेको तरल लिथियम-आयन व्याट्री विस्थापित हुनेछ। टोयोटाले बनाउने व्याट्री ‘सोलिड-स्टेट व्याट्री’ हुने छ। हाइब्रिड कारमा समेत ‘सोलिड-स्टेट व्याट्री’ प्रयोग गर्ने बताएको छ। 

विश्वको दोस्रो ठूलो सवारी उत्पादक फक्सवागनले समेत मंगलबार अटोनोमस ड्राइभिङ र विद्युतीय कारमा फड्को मार्ने योजना सार्वजनिक गरेको थियो। यो योजनाका लागि फक्सवागनले २०२५ सम्ममा १ सय ७८ अर्ब डलर लगानी गर्ने बताएको छ। 

 


प्रकाशित : बुधबार, भदौ २३ २०७८०५:३६
  • सम्बन्धित विषय:

  • # टाेयाेटा
  • # टाेयाेटा इभी
  • # व्याट्री टेक्नाेलाेजी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend