बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

डेडिकेटेड र ट्रंकलाइन विवाद : उद्योग नै बन्द हुनेगरी लाइन काटिएपछि अर्थमन्त्री महत असन्तुष्ट

सोमबार, पुस १६ २०८०
डेडिकेटेड र ट्रंकलाइन विवाद : उद्योग नै बन्द हुनेगरी लाइन काटिएपछि अर्थमन्त्री महत असन्तुष्ट

निर्यात गर्नका लागि भएका केही उद्योगलाई पनि बन्द गर्नुले संसारभर सन्देस राम्रो नजाने भन्दै तत्काल समाधान गर्न अर्थमन्त्री महतले आग्रह गरेका छन्।

काठमाडौं- डेडिकेटेड र ट्रंकलाइनको विषयको देखिएको विवाद समाधान नहुँदै नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा लाइन काटेपछि दर्जनभन्दा बढी ठूला उद्योग बन्द हुने अवस्थामा पुगेका छन्।

नेपाल विद्युत प्राधिकरणले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २३ उद्योगको बिजुली काटिसकेको छ। जसले निर्यातजन्य उद्योगहरू नै बन्द हुने अवस्था रहेको उद्योगीहरूले बताइरहेका छन्। 

सिमेन्ट, डन्डी र धागोजस्ता निर्यात गर्ने उद्योगहरू नै बन्द गरिएपछि अर्थमन्त्री डा. प्रकाशरण महत असन्तुष्ट बनेका छन्। अर्थमन्त्री महतले हजारौँलाई रोजगारी दिने तथा निर्यातमार्फत डलर भित्र्याउने उद्योग सानो विवादमा नै बन्द गर्नु गलत भएको भन्दै प्रधानममन्त्री पुष्पकमल दाहालाई भेटेरै असन्तुष्टी व्यक्त गरेका छन्। 

निर्यात गर्नका लागि भएका केही उद्योगलाई पनि बन्द गर्नुले संसारभर सन्देस राम्रो नजाने भन्दै तत्काल समाधान गर्न अर्थमन्त्री महतले आग्रह गरेका छन्।

विवादको समाधान निकाल्नुपर्नेमा एकसातादेखि उद्योग बन्द गर्नुले लगानी सम्मेलनमा असर पार्ने भन्दै समाधान निकाल्न मन्त्री महतले आग्रह गरेका हुन्। तर प्रधानमन्त्री दाहालले समाधान निकाल्ने भनिएपनि अहिलेसम्म कुनै पनि निर्णय भने गरेको छैन। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नै उच्चस्तरीय समिति गठन हुने अपेक्षा उद्योगीले गरेका थिए तर सोमबारको बैठकमा कुनै पनि निर्णय भएको छैन। 

प्राधिकरणले बक्यौता बाँकी रहेका ६१ वटै उद्योगको बिजुली काट्ने घोषणा गरिसकेको छ। ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै अघिल्लो साताको शुक्रबारबाट लाइन काट्न थालेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको शुक्रबार मध्यरातमा थप १४ उद्योगको लाइन काटेका थिए। विवाद मिलाउन भन्दै उद्योगीहरूले शुक्रबार साँझ प्रधानमन्त्री दाहाल भेटेपछि घिसिङ थप आक्रामक बन्दै राति लाइन काटेका थिए।

डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा देखिएको विवाद समाधानका लागि उद्योगीहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले उच्चस्तरीय समिति बनाएर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यता प्राधिकरणले भने लाइन काट्ने काम रोकेको छैन।

उद्योगीले भने प्रमाणबिना बक्यौताको नाममा पत्र पठाएकोले पैसा तिर्नका लागि प्रमाण दिनुपर्ने बताउँदै आएका छन्। विगतमा विभिन्न समितिहरूले पनि बिलको प्रमाण पेश गरेर बक्यौता उठाउनुपर्ने निष्कर्ष निकालेको प्रतिवेदनमा देखिएको छ। तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबै प्रमाण सम्बन्धित ठाउँमा पेश गर्ने बताउँदै आएका छन्।

अघिल्लो शुक्रबार रातिबाट बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एण्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेट प्लास्ट र बुटवल सिमेन्टको लाइन काटिएको छ। 

त्यसअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटिदिएको थियो। यस्तै आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको थियो।

लेखा समितिदेखि अख्तियारसम्मले भन्छ - उद्योगबाट प्रमाणको आधारमा मात्र बक्यौता उठाउनू लेखा समितिदेखि अख्तियारसम्मले भन्छ - उद्योगबाट प्रमाणको आधारमा मात्र बक्यौता उठाउनू कुलमानले झुट बोलेको भन्दै उद्योगीले राखे प्रमाण, भन्छन् - उद्योग बन्द हुँदैछन्, तत्काल लाइन जोडियोस् कुलमानले झुट बोलेको भन्दै उद्योगीले राखे प्रमाण, भन्छन् - उद्योग बन्द हुँदैछन्, तत्काल लाइन जोडियोस्


प्रकाशित : सोमबार, पुस १६ २०८०११:२२
  • सम्बन्धित विषय:

  • # डेडिकेटेड र ट्रंकलाइन विवाद


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend