बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

आइक्यानको नवौँ परिषदको पार्षदमा १० जना सिए निर्वाचित

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
images
आइक्यानको नवौँ परिषदको पार्षदमा १० जना सिए निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं परिषदको पार्षदमा १० जना चार्टर्ड एकाउन्टेन्ट् निर्वाचित भएका छन्। १६ जनाले उम्मेद्वारी दिएकोमा १० जनाले पार्षदको सिट सुरक्षित गरेका हुन्। 

images
images

काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं परिषदको पार्षदमा १० जना चार्टर्ड एकाउन्टेन्ट् निर्वाचित भएका छन्। १६ जनाले उम्मेद्वारी दिएकोमा १० जनाले पार्षदको सिट सुरक्षित गरेका हुन्। 

images
images

आइक्यानका अनुसार युद्धराज ओली, भाष्कर लाल, रामचन्द्र खनाल, क्षेत्रगोपाल ध्वजु, पियुष आनन्द, सुजनकुमार काफ्ले, सुजन श्रेष्ठ, प्रवीनकुमार झा, सुरेन्द्र श्रेष्ठ र सन्तोष काफ्ले परिषद् पार्षदमा निर्वाचित भएका हुन्। 

images
images

कूल १७ सदस्यीय परिषदमा चार्टर्ड एकाउण्टेन्ट्स समूहबाट १०, दर्तावाला लेखापरीक्षक समूहबाट ४ र महालेखापरीक्षकको सिफारिसमा सरकारबाट ३ जना मनोनित हुने व्यवस्था छ। दर्तावाला लेखापरीक्षक समूहबाट भोलानाथ पाठक, पोषराज नेपाल, शंकर ज्ञवाली र केशबहादुर केसी निर्वाचित भएका छन्।

images
images

अब महालेखापरीक्षकको सिफारिसमा सरकारले ४ जना पार्षद मनोनित गरेपछि परिषदले पूर्णता पाउनेछ।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८१३:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend