शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आइक्यानको नवौँ परिषदको पार्षदमा १० जना सिए निर्वाचित

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
आइक्यानको नवौँ परिषदको पार्षदमा १० जना सिए निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं परिषदको पार्षदमा १० जना चार्टर्ड एकाउन्टेन्ट् निर्वाचित भएका छन्। १६ जनाले उम्मेद्वारी दिएकोमा १० जनाले पार्षदको सिट सुरक्षित गरेका हुन्। 

काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं परिषदको पार्षदमा १० जना चार्टर्ड एकाउन्टेन्ट् निर्वाचित भएका छन्। १६ जनाले उम्मेद्वारी दिएकोमा १० जनाले पार्षदको सिट सुरक्षित गरेका हुन्। 

आइक्यानका अनुसार युद्धराज ओली, भाष्कर लाल, रामचन्द्र खनाल, क्षेत्रगोपाल ध्वजु, पियुष आनन्द, सुजनकुमार काफ्ले, सुजन श्रेष्ठ, प्रवीनकुमार झा, सुरेन्द्र श्रेष्ठ र सन्तोष काफ्ले परिषद् पार्षदमा निर्वाचित भएका हुन्। 

कूल १७ सदस्यीय परिषदमा चार्टर्ड एकाउण्टेन्ट्स समूहबाट १०, दर्तावाला लेखापरीक्षक समूहबाट ४ र महालेखापरीक्षकको सिफारिसमा सरकारबाट ३ जना मनोनित हुने व्यवस्था छ। दर्तावाला लेखापरीक्षक समूहबाट भोलानाथ पाठक, पोषराज नेपाल, शंकर ज्ञवाली र केशबहादुर केसी निर्वाचित भएका छन्।

अब महालेखापरीक्षकको सिफारिसमा सरकारले ४ जना पार्षद मनोनित गरेपछि परिषदले पूर्णता पाउनेछ।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८१३:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend