बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

क्यासिनो सञ्चालनको तयारीमा जुटे व्यवसायी

images
मंगलबार, भदौ २२ २०७८
images
images
क्यासिनो सञ्चालनको तयारीमा जुटे व्यवसायी

कोभिड-१९ महामारीका कारण बन्द रहेका मुलुकभरका क्यासिनो सञ्चालनको तयारीमा व्यवसायी जुटेका छन्। सरकारले कोभिड महामारी नियन्त्रणका लागि जारी गरेको पछिल्लो निषेधाज्ञा हटाएपछि व्यवसायीले क्यासिनो सञ्चालनका लागि तयारी गरेका हुन्।

images
images

काठमाडौं- कोभिड-१९ महामारीका कारण बन्द रहेका मुलुकभरका क्यासिनो सञ्चालनको तयारीमा व्यवसायी जुटेका छन्।

images
images

सरकारले कोभिड महामारी नियन्त्रणका लागि जारी गरेको पछिल्लो निषेधाज्ञा हटाएपछि व्यवसायीले क्यासिनो सञ्चालनका लागि तयारी गरेका हुन्। राजधानी काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले भदौ १७ देखि निषेधाज्ञा हटाएसँगै अधिकांश क्यासिनो सञ्चालनका लागि व्यवसायीले तयारी गरेको क्यासिनो सञ्चालक सङ्घले जनाएको छ। 

images
images

व्यवसायीले एक/दुई दिनभित्रै क्यासिनो सञ्चालनमा ल्याउने सङ्घका अध्यक्ष किशोर सिलवालले जानकारी दिए। ‘निषेधाज्ञा खुलेकाले एक/दुई दिनमै क्यासिनो खोल्न धेरै क्यासिनोले तयारी गरेका छन् भारतमा कोभिडको तेस्रो लहरको हल्ला छ अवस्था कस्तो हुन्छ, उपयुक्त वातावरण हेरेर सञ्चालन गर्छौं, अहिले पर्ख र हेरको अवस्थामा छौँ’, उनले भने। 

images
images

नेपाली क्यासिनोको प्रमुख स्रोत बजार भारत हो। भारतबाट उल्लेख्य सङ्ख्यामा व्यापारी तथा उच्च घरानीय क्यासिनोको मनोरञ्जन लिन नेपाल आउँछन्। नेपालको क्यासिनो बजारमा भारतीय ग्राहक नै हुन्छन्। क्यासिनोमा अधिकांश भारतीय व्यापारीले लगानी गरेका छन्। नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरिएको छ। कोभिड महामारीअघि पनि राजधानीका कतिपय क्यासिनो सञ्चालनमा थिएनन् लामो समयदेखि बक्यौता नतिरेकाले सञ्चालनमा रोक लगाइएको थियो। थोरै सङ्ख्यामा क्यासिनो खुले पनि महामारीले बन्द गर्नुपरेको थियो। 

राजधानी बाहिर पनि मिनि क्यासिनो सञ्चालनमा छन्। कोभिड महामारी नियन्त्रण गर्न सरकारले विसं २०७६ चैत ११ देखि मुलुकभर बन्दाबन्दी गरेको थियो। मङ्सिर महिनापछि बन्दाबन्दी खुले पनि पुनः कोभिडको दोस्रो लहर शुरु भएपछि विसं २०७८ वैशाख १६ गतेदेखि राजधानी उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको थियो। रैथाने व्यक्ति, व्यापारी तथा उच्च घरानाका व्यवसायीले मनोरञ्जनात्मक रुपमा खेल्ने जुवाखेल नै क्यासिनो हो। अहिले पर्यटकदेखि तारे होटल सञ्चालनमा छन्। तर विदेशी पर्यटक नहुँदा होटलले यात्रु पाउनै सकेका छैनन्। 

होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले होटल खुले पनि ग्राहक नहुँदा उद्योग सञ्चालनमा कठिनाइ भइरहेको बताए। उनले पर्यटन क्षेत्रलाई राहत दिनका लागि सरकारले बजेटमा घोषणा गरेका कार्यक्रम कार्यान्वयनका अवस्था आए सहज अवस्था सिर्जना हुने बताए। अहिलेको अवस्थामा विदेशी पर्यटकलाई अनअराइभल प्रवेशाज्ञाको व्यवस्था गर्नसकिए पर्यटक आकर्षण हुने उनको भनाइ छ। अहिले पनि विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गरी नेपालमा कोभिडको जोखिम रहेकाले आफ्ना नागरिकलाई भ्रमण गर्न प्रतिबन्ध लगाएका छन्। यो फुकुवा नभएसम्म पर्यटक आउन समस्या हुने उपाध्यक्ष शाहको भनाइ छ।

सरकारले क्यासिनो व्यवसायीलाई बक्यौता तथा रोयल्टी रकम तिर्न बारम्बार ताकेता गर्दै आएको छ। महामारीका कारण बक्यौता उठेको छैन। पर्यटन विभागका अनुसार क्यासिनोबाट विसं २०७० देखि २०७६ सम्मको ७० करोड रुपैयाँ बाँकी छ। त्यस्तै कुमारी चोकमा एक अर्ब २५ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ। बक्यौता उठ्न नसकेपछि विभागले विसं २०७३ कुमारी चोकलाई लेखी पठाएको थियो। यो रकम क्यासिनोको जरिवाना र पेनाल्टीसहितको हो। 

महामारीको अवधिको रकमको हिसाब छैन। हाल मुलुकभर १५ भन्दा बढी क्यासिनो सञ्चालनमा छन्। दशवटा क्यासिनो अदालतको आदेशमा चलेका छन् भने केही प्रक्रियागत ढङ्गले चलेका छन्। राजधानीका पाँचतारे अधिकांश होटलमा क्यासिनो सञ्चालन छन्। राजधानी बाहिरका सुविधासम्पन्न तारे होटलमा पनि क्यासिनो सञ्चालन भइरहेका छन्। रासस


प्रकाशित : मंगलबार, भदौ २२ २०७८१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend