काठमाडौं- लगातारको वृद्धिसँगै सेयर बजार उचाइतर्फ लागेको छ। गएको साता देखिएको उछाललाई साथ मिल्ने गरी यो साता पनि सेयर बजार वृद्धितर्फ नै लागिरहेको हो। नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित देखिएका छन्।
अहिलेको कारोबारले लगानीकर्ताका लागि सुखद संकेत गरेको छ। लामो समय उतारचढावमा रहेको बजारमा गएको सातायता २८८.५१ अंकले वृद्धि भइसकेको छ। अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि भएको छ।
बुधबार पनि ३५.३९ अंकले बढेर बजार २१४१.८७ बिन्दुमा पुगेको छ। १६१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भएको छ।
बुधबार पनि ११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। जहाँ १६१ कम्पनीको सेयर मूल्य बढ्यो। सेयर मूल्य बढ्दै जाने क्रम जारी छ। जसमा वास्तविक क्षेत्रका कम्पनीले अलि बढी नै लगानीकर्तालाई आकर्षित गरिरहेका छन्।
लाभांश नदिनेमात्रै होइन घाटाकै कम्पनीमा लगानीकर्ताको आकर्षणले बढ्न सक्छ जोखिम
पछिल्लो समय शिवम् सिमेन्टले लगानीकर्ताले मालामाल कमाइरहेका छन्। शिवमकाे सबैभन्दा धेरै कारोबार भएको छ।
सोल्टी होटलको सेयर मूल्य पनि निरन्तर बढेको छ। त्यस्तै सोनापुरको पनि लगातार बढी रहेको छ। घोराही सिमेन्टले पनि लगानीकर्तालाई आकर्षित गरिरहेको छ।
बोटलर्स नेपालको पनि अवस्था त्यस्तै छ। जसले बिक्री गरिरहेका छन् उनीहरूले हारिरहनु परेको छ भने किन्नेहरू फाइदामा देखिएका छन्। लगानीकर्ताहरूले आँखा चिम्लिएर वास्तविक क्षेत्रमा आकर्षित भइरहेका बेला बैंक वित्तमा आकर्षण देखिएको छैन।
यस पटक पनि लगानीकर्ताले बैंक वित्तको सेयरमा खासै रुचि देखाएका छैनन्। घट्दै गएको लाभांश क्षमता र अधिक पुँजीका कारण लगानीकर्ता साना पुँजी भएका कम्पनीमै बढी रमाइरहेका छन्। पछिल्लो समय वास्तविक र साना पुँजी भएका कम्पनीमा रमाइरहेका छन्।
१० प्रतिशत सेयर मूल्य बढ्ने कम्पनी पनि बैंक वित्तबाहिर
बोटलर्स नेपालको लगातार सर्किट लागेकोमा बुधबार पनि १० प्रतिशतले बढेर सेयर मूल्य ५ हजार २ सय ५८ रुपैयाँ पुगेको छ। कम्पनीको बुधबार ४७८ रुपैयाँले सेयर मूल्य बढेको हो।
त्यस्तै हिमालयन डिष्ट्रीलरीको पनि १० प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। कम्पनीको प्रतिकित्ता १७८ रुपैयाँले बढेर १ हजार ९ सय ५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
फरवार्ड माइक्रो फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार २ सय १० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
त्यस्तै एनआरएन पूर्वाधार तथा विकास कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर ४१६ रुपैयाँ कायम भएको छ।
त्यस्तै लिवर्टी इनर्जी कम्पनीको पनि १० प्रतिशतले सेयर मूल्य बढेर १९४ रुपैयाँमा कारोबार भएको छ। युनाइटेड मार्दीको पनि सेयर मूल्य पनि १० प्रतिशतले बढेर ३३.६० रुपैयाँ बढेर ३६९.७० रुपेयाँमा कारोबार भएको छ।
बलेफी हाइड्रो हाइड्रो पावर, बिपीडव्लु लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेर १३९२ रुपैयाँमा कारोबार भएको छ। नेपाल रिपव्लिक मिडिया, थ्रि स्टार हाइड्रोपावर हाथे इन्भेष्टमेन्ट कम्पनीको पनि सेयर मूल्य १० प्रतिशतले बढेको छ।