शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images
बढ्दो सेयर बजारमा के गर्ने?

लाभांश नदिनेमात्रै होइन घाटाकै कम्पनीमा लगानीकर्ताको आकर्षणले बढ्न सक्छ जोखिम

images
बुधबार, पुस ४ २०८०
images
लाभांश नदिनेमात्रै होइन घाटाकै कम्पनीमा लगानीकर्ताको आकर्षणले बढ्न सक्छ जोखिम
images
images

काठमाडौं- पछिल्लो सातायता लगातार सेयर बजार उकालो लागेको छ। लामो समय उतारचढावमा रहेको बजारमा गएको सातायता नै २५३.१२ अंकको सुधार देखिएको छ। जसले लगानीकर्ताका लागि सुखद संकेत गरेको छ। 

images
images
images

यो साता लगातार तीन कारोबारमा नै सेयर बजार उचाइतर्फ लागेको छ। गएको साता देखिएको उछाललाई साथ मिल्ने गरी यो साता पनि सेयर बजार वृद्धितर्फ नै लागिरहेको हो।

images
images

बजारको अवस्था यस्तो छ कि आईपीओ जारी गरेको पहिलो त्रैमासबाटै घाटामा रहेको रिपब्लिक मिडियाको सेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको छ। 

images
images

आइतबार २७.७५ अंकले बढेको बजार सोमबार ३८.१४ अंकले बढेको थियो। मंगलबार पनि ४५.९८ अंकको वृद्धिसँगै २१०६.४८ बिन्दुमा पुगेको छ। १८३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ। कारोबार रकममा पनि निरन्तर सुधार देखिएको छ। 

घट्दो बजारमा रहेको सेयर बजार बढ्दो ट्रेण्डमा जाँदा लगानीकर्ता भने साना कम्पनीमै आकर्षित भएका छन्। धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा धेरै जलविद्युतका छन्। हाल नेप्सेमा ८९ जलविद्युत् कम्पनी सूचीकृत छन्। आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ। 

साना कम्पनीकै सेयरमा लगानीकर्ता झुम्मिएका छन्। नाफा तथा कम्पनीको वित्तीय विवरण हेरेर लगानी गर्नेभन्दा पनि साना लगानीकर्ताहरू डिमान्ड धेरै भएकै कम्पनीको सेयर खरिदमा लाग्ने गर्दछन्। जसका कारण कम्पनीको सेयर मूल्य एकैपटक माथि जाने गर्दछ। वित्तीय हिसाबले खराब कम्पनीको सेयर मूल्य महँगोमा किन्ने र बजार घट्दा साना लगानीकर्ता फस्ने गर्दछन्। हरेक पटकको बढ्दो बजारमा हुने समस्या यहि हो।

पछिल्लो समय लगानीकर्ताले दीर्घकालीन लगानीभन्दा अल्पकालीन कारोबारमा जोड दिइरहेका छन्। अल्पकालीन लगानीमा लगानीकर्ताको रोजाइ कम पुँजी भएको कम्पनीमा हुन्छ। 

खासगरी थोरै सेयर संख्या भएका कम्पनीहरू नै सेयर मूल्य माथि जाने गर्दछ। लाभांश वर्षौंसम्म नदिएका र दिन नसक्ने कम्पनीको सेयर मूल्य पनि माथि गइरहेको हुन्छ तर हरेक वर्ष लाभांश दिने बैंक वित्तीय कम्पनीमा भने सेयर संख्या धेरै हुने भएकोले इन्साइड ट्रेडिङ गर्न लगानीकर्ता सक्दैनन्। सोही कारण साना कम्पनीनै सेयर खरिदबिक्रीमा समस्या हुने गर्दछ। 

जलविद्युत क्षेत्रका कम्पनीको लाभांश वितरण स्थिति हेर्दा सूचीकृत ८९ कम्पनीमा हालसम्म ७ वटाले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। धेरैजसो जलविद्युत् कम्पनीले लाभांशबिना नै साधारणसभा बोलाएका छन्। 

सूचीकृत ८२ जलविद्युत् कम्पनीले लाभांश दिएका छैनन्। वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण मानिएको छ। 

राम्रा वित्तीय अवस्था भएका र निरन्तर लाभांश वितरण गर्ने जुनसुकै क्षेत्रका कम्पनीको सेयरमा लगानी गर्नु सुरक्षित र फलदायी हुने विश्लेषक बताउँछन्। तर खुद नोक्सानीमा रहेका, अझै केही वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका कम्पनीको सेयर किन्नु भविष्यमा असुरक्षित हुने निश्चित छ।

लगानीकर्ताले कम्पनीको वित्तीय विवरण, लाभांश जस्ता पक्षलाई राम्ररी केलाएर लगानी गर्न नसके दुःखले आर्जन गरेको रकम गुम्न सक्ने जानकार बताउँछन्। त्यसैले सेयरबजारमा धेरै कुरा विचार गरेर मात्रै लगानी गर्नुपर्ने उनीहरूको सुझाव रहन्छ। 

सेयरबजार सधैँ बढ्ने वा घट्ने हुँदैन। यी दुई ट्रेन्डलाई राम्रोसँग नियालेर लगानी गर्न सके लगानी सुरक्षित हुने सम्भावना बलियो हुने विश्लेषहरूको भनाइ छ। वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका कम्पनीको सेयरमा लगानीकर्ता बढी आकर्षित हुनुले झनै भविष्यमा समस्या सिर्जना गर्दछ। 

वाणिज्य बैंकको हकमा सेयर संख्या धेरै हुँदा लाभांश घटिरहेको छ। लघुवित्त कम्पनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सजिलो छैन। इन्स्योरेन्स कम्पनीले हकप्रद, बोनस वा थप निष्कासन (एफपीओ) के गरेर पुँजी पुर्‍याउँछन् भन्ने अन्योल छ। त्यसैले लगानीकर्तासामु कारोबार गर्न विकास बैंक, फाइनान्स र हाइड्रोपावर नै विकल्पका रूपमा हेर्दछन्। 


प्रकाशित : बुधबार, पुस ४ २०८००७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend