शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

आईपीओ जारी गरेको पहिलो त्रैमासबाटै घाटामा रिपब्लिक मिडिया

बुधबार, मंसिर २७ २०८०
आईपीओ जारी गरेको पहिलो त्रैमासबाटै घाटामा रिपब्लिक मिडिया

काठमाडौं- धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कमिसनको खेलमा लागेर खराब कम्पनीलाई सर्वसाधारणका लागि सेयर निष्कासन गर्न अनुमति दिएको पुष्टि भएको छ। गत बैशाख ११ गते बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएसँगै नागरिक दैनिक पब्लिक कम्पनी बन्ने नेपालको पहिलो सञ्चार माध्यम बनेको थियो।

नेपाल रिपब्लिक मिडियाले आफ्नो वित्तीय विवरणमा कृत्रिम सजावट गरी सर्वसाधारणका लागि सेयर निष्कासन गरेको प्रमाणित भएको छ। आईपीओ जारी भएलगत्तै आफ्नो वित्तीय विवरण प्रकाशन गर्दै यस कम्पनीले १ करोड २२ लाख रुपैयाँ घाटामा रहेको देखाएको छ।

नेपाल रिपब्लिकले प्राथमिक सेयर निष्कासन गर्नैका लागि आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणमा नाफा देखाएको छ। रिपब्लिक मिडियाले खरिद गरेको जग्गाको मूल्यांकन बढाएर कुल सम्पत्ति बढी देखाइ नेटवर्थ सकारात्मक बनाएर वित्तीय विवरणमा कृत्रिम सजावट गरेको थियो। 

लामो समयसम्म निरन्तररुपमा घाटामा रहेको कम्पनीको कृत्रिमरुपमा आम्दानी बढाउँदै खर्च घटाएर नाफामा देखाइएको थियो। झुटो विवरणमार्फत नाफामा देखाउँदै सर्वसाधारणका लागि कम्पनीको करिब ४५ प्रतिशत सेयर निष्कासन गरिएको थियो।

२०७८ सम्म घाटामा रहेको कम्पनीले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा नाफा देखाएकै भरमा प्राथमिक सेयर निष्कासन गर्न अनुमति पाएको थियो। २०८०/८१ बाट कम्पनी क्रमश: नाफामा जाने दाबी गरेपनि चालु आर्थिक वर्षको पहिलो त्रैमासबाटै घाटा सुरु भएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिपब्लिक मिडियाले १ करोड २२ लाख रुपैयाँ घाटामा रहेको देखाएको छ। जब कि कम्पनीले गत वर्षको अन्त्यसम्ममा २ करोड २ लाख नाफा रहेको देखाएको थियो।

यस अवधिमा कम्पनीले ४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेर बिक्री खर्च १ करोड ९७ लाख रुपैयाँ रहेको देखाएको छ। यस्तै यस कम्पनीले यस अवधिमा प्रशासनिक खर्चबापत १ अर्ब १९ करोड रुपैयाँ खर्च गरेको छ।

कम्पनीले १०० रुपैयाँका दरले ४३ लाख ५३ हजार कित्ता सेयर जारी गरेर ४३ करोड ५३ लाख रुपैयाँ सर्वसाधारणबाट उठाएको थियो।

रिपब्लिक मिडियाले घाटामा गएको वित्तीय विवरण प्रकाशन गरेपनि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा भनेको यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको छ। २६.१ रुपैयाँले बढ्दै कम्पनीको सेयर २८७.१० रुपैयाँ कारोबार बन्द भएको छ।


प्रकाशित : बुधबार, मंसिर २७ २०८००९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend