काठमाडौं- साताकाे पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। शुक्रबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १५ रुपैयाँ घटेको छ। आइबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ।