शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

हुम्लामा १० हजार क्वीण्टल खाद्य बस्तु ढुवानी गर्ने जिम्मा सिता एयरलाई

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
हुम्लामा १० हजार क्वीण्टल खाद्य बस्तु ढुवानी गर्ने जिम्मा सिता एयरलाई

टेन्डर सहभागी मध्ये सबै भन्द कम रकममा सामान ढुवानी गर्ने गरी सिताले कबुल गरेको छ। सिता एयरले सुर्खेतबाट हुम्ला प्रतिकिलो ६३ रुपैयाँ र  नेपालगञ्जबाट हुम्ला ७८ रुपैयाँमा सामान ढुवानी गर्ने गरी टेन्डरमा सहभागी भएको  छ।

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले नेपालगञ्ज विमानस्थल र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोटमा खाद्य बस्तु ढुवानी गर्ने काम सिता एयरलाई दिने भएको छ।

कम्पनीले नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट विमानस्थलमा १० हजार क्वीण्टल खाद्य बस्तु ढुवानीका लागि गरेको टेन्डरमा सबैभन्दा कम रकम कबुल गर्ने सिता एयरलाई दिन लागको हो। 

कम्पनीले गरेका टेन्डर सिता एयर, समिट एयर, तारा एयर र सिम्रिका कार्गो सहभागी थिए। टेन्डर सहभागी मध्ये सबैभन्दा कम रकममा सामान ढुवानी गर्ने गरी सिताले कबुल गरेको छ। सिता एयरले सुर्खेतबाट हुम्ला प्रतिकिलो ६३ रुपैयाँ र नेपालगञ्जबाट हुम्ला ७८ रुपैयाँमा सामान ढुवानी गर्ने गरी टेन्डरमा सहभागी भएको  छ।

यो नै टेन्डर सहभागी अन्य कम्पनीको भन्दा कम रकम हो। सबैभन्दा सिम्रिका कार्गोले सुर्खेतबाट प्रतिकिलो १ सय ५ र नेपालगञ्जबाट १ सय १२ रुपैयाँ कबुल गरेको थियो।

समिटले सुर्खेतबाट प्रतिकिलो ९७ र नेपालगञ्जबाट ८९ रुपैयाँ कबुल गरेको थियो। तारा एयरको सुर्खेतबाट हुम्ला ७८ रुपैयाँ ९० पैसा र नेपालगञ्जबाट १ सय १० रुपैयाँ कबुल थियो।

सोही आधारमा अब सामान ढुवानीको जिम्मा सिता एयरले  पाउने वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले बताए। तर, टेन्डर मूल्यांकन हुन भने बाँकी छ। सामान जहाजले बोक्ने भए पनि विचौलिया प्रवेश रोकिएको उनको दाबी छ।

कम्पनीले पहिलो पटक साउन ४ गते भदौ १३ गतेसम्मको समय राखेर टेन्डर गरेको थियो।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend