आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

विवादबीच निगमको जहाज खरिदमा भारतीयसहित तीन कम्पनीको प्रस्ताव

images
मंगलबार, मंसिर १९ २०८०
images
विवादबीच निगमको जहाज खरिदमा भारतीयसहित तीन कम्पनीको प्रस्ताव
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिदका लागि आह्वान गरेको टेन्डरमा तीनवटा कम्पनीले प्रस्ताव पेश गरेका छन्। 

images
images
images

नेपाल वायुसेवा निगमका अनुसार लेट विमान उत्पादन गर्ने एयरक्राफ्ट इण्डष्ट्रिज चेक रिपब्लिक, डोर्नियर उत्पादन गर्ने भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड र क्यानेडीयन जहाज टुइनअटर निर्माता कम्पनी डि ह्याभिल्यान्ड एयरक्राफ्ट कम्पनीले निगमलाई जहाज बिक्री गर्न प्रस्ताव पेस गरेका छन्। 

images
images

निगमले ३ वटा साना जहाज खरिद गर्न कात्तिक ५ गते ४५ दिनको म्याद दिइ आरएफपी (बोलपत्र) आह्वान गरेको थियो। बोलपत्र बुझाउने अन्तिम दिन मंगलबार थियो।

images
images

५० अर्ब ऋण बोकेको निगमले पुनः ३ अर्ब रुपैयाँमा तीनवटा  साना जहाज खरिद गर्न लागेको भन्दै आलोचना भइरहेको छ। निगम सञ्चालक समितिको निर्णयमा अर्थ मन्त्रालयको भने फरक मत रहेको थियो। 

मन्त्रालयले संस्थागत सुधार तथा व्यावसायिक योजनाबिना जहाज खरिदमा सहमति हुन नसक्ने भन्दै अर्थले फरक मत राखेको थियो। 

लाभ र लागत विश्लेषण नगरी जहाज खरिदको टेन्डर, ब्रान्ड नै तोकेर सञ्चालक समितिबाट निर्णय लाभ र लागत विश्लेषण नगरी जहाज खरिदको टेन्डर, ब्रान्ड नै तोकेर सञ्चालक समितिबाट निर्णय


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०२१:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend