काठमाडौं- एनसेलको प्रमुख सेयर लगानीकर्ता अजियाटाले १ खर्ब ४४ अर्बको सेयर साढे ६ अर्ब रुपैयाँमा बिक्री गरेर ७ वर्षसम्म नाफा लैजानेगरी शतिसलाल आचार्यको एक पाउण्डको स्पेक्ट्रोलाइटसँग सम्झौता गरेको छ।
सम्झौताअनुसार एनसेलले गर्ने नाफामध्ये अजियाटा २०२३ मा ८० प्रतिशत प्राप्त गर्नेछ। सन् २०२४ र २०२५ मा ४० प्रतिशत नाफा अजियाटाको हुने छ।
यस्तै सन् २०२६ र २०२७ को नाफाबाट अजियाटाले ३० प्रतिशत नाफा प्राप्त गर्नेछ। सन् २०२८ र २०२९ मा अजियाटाले एनसेलबाट २० प्रतिशत नाफा प्राप्त गर्ने सम्झौता गरिएको छ।
यसका साथै खरिद बिक्रीको काम भइसकेपछि पनि सन् २०२९ सम्म कसैले एनसेलको सेयर बिक्री गर्न चाहेमा त्यसमा पहिलो अधिकार अजियाटाकै हुने विषयसमेत सम्झौतामा उल्लेख छ।
यसअघि नै एनसेलको २० प्रतिशत सेयरको हिस्सेदार सतिशलाल आचार्यले बेलायतमा एक पाउण्डमा स्पेक्ट्रलाइट कम्पनी खोलेर बिक्री गरेको हो।
एनसेल सेयर खरिद बिक्रीसम्बन्धी सम्झौताअनुसार साढे ६ अर्बमध्ये करिब ६० करोड रुपैयाँ ६ महिनाभित्र दिनुपर्ने उल्लेख छ। बाँकी रहेको रकम ४ वर्षभित्र भुक्तानी गर्नसक्ने सुविधा अजियाटाले सतिशलालको स्पेक्ट्रलाइटलाई दिएको छ। पहिलो किस्तापश्चात बाँकी रहेको रकम हिस्सेदारी हस्तान्तरण भएको ४८ महिनाभित्र भुक्तानी गर्नसक्ने गरी सम्झौता गरिएको छ।
गएको बुधबार व्यावसायिक वातावरण चुनौतीपूर्ण भएको भन्दै अजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो।
अजियाटा समूहले नेपालको एनसेलका कारणले गर्दा नोक्सानी थपिँदै गएको भन्दै एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय बोर्डमार्फत गरेको छ। एनसेलमा बाँकी २० प्रतिशत पनि सतिशलालकै सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ।
एनसेलको सेयर बेच्ने अजियाटाको निर्णयमा नियामक प्राधिकरणको चासो, अनुमति नलिइ डिल नगर्न चेतावनी ७ वर्षमा ६२ अर्ब लाभांश लियो एनसेलबाट अजियाटाले ‘संसारको जुनसुकै कुनामा, जतिसुकै मूल्यांकन होस्, नजिर र कानूनअनुसार नेपालमै कर निर्धारण हुन्छ’ २ महिनाअघि स्थापना भएको १ पाउण्डको कम्पनीले किन्यो एनसेलको ८० प्रतिशत सेयर