काठमाडौं- मलेसियन कम्पनी अजियाटा नेपालको एनसेलबाट बाहिरिएको छ। रेनल्ड होल्डिङमार्फत एनसेलमा ८० प्रतिशत सेयर लिएर सात वर्षअघि नेपाल आएको अजियाटा बाहिरिएको छ।
अजियाटाले गएको सात वर्षमा नेपालबाट ६२ अर्ब ७४ करोड रुपैयाँ लाभांश लिएको छ। अजियाटाले जारी विज्ञप्तीमा समूहका अध्यक्षले नेपालबाट २.२ अर्ब मलेसियन रिंगिट लाभांश लगेको उल्लेख गरेका छन्।
यो अवधिमा एनसेलले २ खर्ब ८३ अर्ब कर तिरेको छ। यो खरिद बिक्रीको समयमा भुक्तानी गरिएको करसहितको आँकडा हो।