शनिबार, साउन १२ गते २०८१    
images
images
images

‘संसारको जुनसुकै कुनामा, जतिसुकै मूल्यांकन होस्, नजिर र कानूनअनुसार नेपालमै कर निर्धारण हुन्छ’ 

images
शुक्रबार, मंसिर १५ २०८०
images
images
‘संसारको जुनसुकै कुनामा, जतिसुकै मूल्यांकन होस्, नजिर र कानूनअनुसार नेपालमै कर निर्धारण हुन्छ’ 

सो खरिदमा पुँजीगत लाभकरको विवाद भएको थियो। तर अहिले भने नेपालमा आम्दानी घट्दै गएको र लाइसेन्सको अवधिक न्यून भएको भन्दै न्यून मूल्यांकन गरिएको छ। 

images

काठमाडौं- वर्षमा अर्बौँको कारोबार गर्ने र सात अर्बभन्दा नाफा आर्जन गर्दै आएको एनसेलको ८० प्रतिशत सेयर ५ करोड अमेरिकी डलरमा बिक्री गर्ने सम्झौता भएको छ। 

images
images

मलेसियाको अजियाटा समूहले एनसेलमा रहेको सेयर स्थानीय साझेदर सतिशलाल आचार्यकै कम्पनी स्पेट्रोलाइट युकेले खरिद गरेको हो। 

images

अजियाटाले सार्वजनिक गरेको विज्ञप्तिमा पहिलो चरणमा ५ करोड अमेरिकी डलरमा खरिद बिक्रीको सम्झौता भएको छ। तर सन् २०२९ सम्म लाइसेन्स बहाल हुँदासम्मको लाभांस अनुसार केही तलमाथि हुनसक्ने उल्लेख गरिएको छ। 

समग्रमा अजियाटाले ५ करोड डलरमै बिक्री गरेको छ। जबकी आजभन्दा सात वर्षअघि अजियाटाले यही सेयर १ खर्ब ४४ अर्ब नेपाली रुपैयाँमा खरिद गरेको थियो।

images

सो खरिदमा पुँजीगत लाभकरको विवाद भएको थियो। तर अहिले भने नेपालमा आम्दानी घट्दै गएको र लाइसेन्सको अवधिक न्यून भएको भन्दै न्यून मूल्यांकन गरिएको छ। 

पुँजीगत लाभकर छली गर्नेमात्र होइन स्वामित्व हस्तान्तरण करलाई पनि छली गर्नका लागि सेटिङ गरिएको छ। खरिदको योजना यसरी बनाइएको छ कि सतिसालाल आचार्यले यसैका लागि २ महिनाअघिमात्र कम्पनी दर्ता गराएका छन्। अहिले पनि आचार्यकै सुनिभेरा क्यापिटलको नाममा २० प्रतिशत सेयर रहेको छ। 

योसँगै आचार्य परिवारको एकल स्वामित्वमा कम्पनी आएको छ। 

यसअघि पनि विदेशमै कारोबार भएकाले गर्दा करको विवाद आउने देखिएको छ। करको निर्धारण र मूल्यांकनमा यसअघि एनसेलकै केसबाट लिएको अनुभव र कानूनको आधारमा अघि बढ्ने अधिकारीहरूले बताएका छन्। 

ठूला करदाता कार्यालयका एक अधिकृतका अनुसार संसारको जुनसुकै कुनामा जतिसुकै मूल्यमा कारोबार भएपनि नेपाल सरकारले निर्णय गर्ने बताउँछन्। 

एनसेलको सेयर खरिद बिक्रीका बारेमा अहिलेम्म सरकारी एजेन्सीलाई औपचारिक जानकारी दिइएको छैन। विदेशमै रहेका अफसोर कम्पनीबीचको कारोबारलाई जानकारी गराउने गरिएको छैन। 

कारोबारको बारेमा औपचारिक जानकारी आएपछिमात्र करको निर्धारण र अंक बारेमा निर्णय हुने आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। 


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८०१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend