बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

४२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाल बैंकका कर्मचारीविरूद्ध मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
images
४२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाल बैंकका कर्मचारीविरूद्ध मुद्दा

नेपाल बैंक लिमिटेड मलंगवा शाखा सर्लाहीको सहायक सन्तोष बिक्रम शाहसमेत तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ लाख रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै रिट दायर गरेको छ।

images
images

काठमाडौं- नेपाल बैंक लिमिटेड मलंगवा शाखा सर्लाहीको सहायक सन्तोष बिक्रम शाहसमेत तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ लाख रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै रिट दायर गरेको छ।

images
images

सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो।

images
images

अख्तियारले नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक सन्तोष बिक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जेभीका पार्टनरहरु अनिल गुप्‍ता र शिब नन्दन पासवानसगँको मिलोमतोमा  उक्त रकम हिनामिना गरेका अख्तियारमा आरोप पत्रमा उल्लेख छ। अख्तियारले ३ नै जना विरुद्ध ४२ लाख रुपैयाँसहित सजाय माग गर्दै मुद्दा दायर गरेको हो।

images
images


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend