शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

४२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाल बैंकका कर्मचारीविरूद्ध मुद्दा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
४२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाल बैंकका कर्मचारीविरूद्ध मुद्दा

नेपाल बैंक लिमिटेड मलंगवा शाखा सर्लाहीको सहायक सन्तोष बिक्रम शाहसमेत तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ लाख रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै रिट दायर गरेको छ।

काठमाडौं- नेपाल बैंक लिमिटेड मलंगवा शाखा सर्लाहीको सहायक सन्तोष बिक्रम शाहसमेत तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ लाख रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै रिट दायर गरेको छ।

सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो।

अख्तियारले नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक सन्तोष बिक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जेभीका पार्टनरहरु अनिल गुप्‍ता र शिब नन्दन पासवानसगँको मिलोमतोमा  उक्त रकम हिनामिना गरेका अख्तियारमा आरोप पत्रमा उल्लेख छ। अख्तियारले ३ नै जना विरुद्ध ४२ लाख रुपैयाँसहित सजाय माग गर्दै मुद्दा दायर गरेको हो।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend