काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माको फोनले सोमबार बढेको सेयर बजार मंगलबार पुनः ओरालो लागेको छ। सोमबार १ सय ६१ अंकले बढेको बजार मंगलबार ४४.१८ अंकले घटेको छ।
१.४८ प्रतिशतले घटेको बजारमा मंगलबार ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँको मात्रै कारोबार भएको छ। मंगलबार सानिमा लाइफ इन्सोरेन्स कम्पनीको मात्रै सकारात्मक सर्किट लागेको छ।
२६ कम्पनीको मात्रै बढेको बजारमा १५९ कम्पनीको शेयर घटेको छ। सोमबार अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयर धितो कर्जाको व्यवस्था संसोधन गर्न आग्रह गरेका थिए।
यो पनि पढ्नुहोस्