शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बर्खास्तीमा परेका सञ्चय कोषका प्रशासक गौतम अदालतको आदेशसँगै काममा फर्किए

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
बर्खास्तीमा परेका सञ्चय कोषका प्रशासक गौतम अदालतको आदेशसँगै काममा फर्किए

कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले अदालतको आदेशपछि पुनः कार्यभार सम्हालेका छन्। सरकारले केही दिनअघि गौतमलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

काठमाडौं- कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले अदालतको आदेशपछि पुनः कार्यभार सम्हालेका छन्। सरकारले केही दिनअघि गौतमलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

तर सर्वोच्च अदालतले गौतमलाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै कार्यभार सम्हालेका हुन्। अर्थमन्त्रालयलाई विपक्षी बनाएर दायर भएको रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेशसँगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले उक्त आदेश दिएको थियो। यो आदेशसँगै गौतम पूर्ववत् अवस्थामै काममा फर्कन बाटो खुलेको थियो। 


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend