बुधबार, जेठ ९ गते २०८१    
images
images

पर्यटक आकर्षित गर्न  सस्तो प्याकेज ल्याए सौराहका होटलले

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
images
पर्यटक आकर्षित गर्न  सस्तो प्याकेज ल्याए सौराहका होटलले

'गएको असारमा मलाई बैंकको ब्याज, किस्ता र अन्य खर्चमा समस्या भएन' उनले भने। 

images
images

चितवन- गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् ।

images
images
images

आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्न थालिएको हो । सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए। यी पाहुना यही वर्ष आउनेछन् । 

images

'गएको असारमा मलाई बैंकको ब्याज, किस्ता र अन्य खर्चमा समस्या भएन' उनले भने। 

images
images

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैँ–तिहार सौराहा अफर सार्वजनिक गरेका छन्। दुई रात तीन दिनको यो प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने छ । होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा गरिएको छ । 

images
images

'हामीले दशैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ' विष्टले भने। 

उनको प्याकेजमा एक रात दुई दिनको चार हजार ४४४ रुपैयाँ पर्छ। जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्ट पर्दछन् । योसँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्दछ ।

होटल सेभेनस्टारले दशैँ–तिहार अफर ४० प्रतिशत छुट गरेको छ । यो छुट  कोठामा  लागू हुने छ। होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा पनि १० प्रतिशत छुट गरिएको बताए। 

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताउछन्। 

'अब पर्यटक आउँछन् भन्नेमा हामी आशावादी रहेका छौँ' उनले भने। 

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म  चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए। रासस

 


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend