शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

१८औँ निजामती दिवस मनाइँदै, कर्मचारीलाई पुरस्कार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
१८औँ  निजामती दिवस मनाइँदै, कर्मचारीलाई पुरस्कार

‘व्यवसायिक सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती दिवस मनाइदै छ

काठमाडौं- सरकारले १८ औँ निजामती दिवसको अवसर पारेर उत्कृष्ट सेवा दिएको भन्दै दर्जनौँ निजामती कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई दिने निर्णय गरेको छ। त्यस्तै निजामती सेवा पुरस्कार अन्तर्गत ३० जनालाई पुुरस्कार दिने निर्णय गरेको छ। गत वर्ष भने सरकारले कर्मचारीहरुलाई पुुरस्कृत गरेको थिएन।

‘व्यवसायिक सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती दिवस मनाइँदै छ। प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना दिँदै सुशासन र जनताको सेवामा उत्कृष्ट काम गर्न आह्वान समेत गरेका छन्। प्रत्येक भदौ २२ गते सरकारले निजामती दिवस मनाउँदै आएको छ। यसवर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend