शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एमसीसी मात्र होइन कुनै पनि विषयमा हुने तथ्यगत बहसलाई स्वागत गर्छौं : अमेरिकी दूतावास 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
एमसीसी मात्र होइन कुनै पनि विषयमा हुने तथ्यगत बहसलाई स्वागत गर्छौं : अमेरिकी दूतावास 

नेपाल सरकारले एमसीसीका बारेमा अमेरिकी सरकारलाई पत्राचार गरेपछि नेपालस्थित अमेरिकी राजदूतावासले ट्विट गरेर आफ्नो धारणा सार्वजनिक गरेको छ। एमसिसी हेडक्वाटरमा सरकारले पत्र पठाएपछि दूतावासले प्रष्टीकरण दिएको हो।

काठमाडौं- नेपाल सरकारले एमसीसीका बारेमा अमेरिकी सरकारलाई पत्राचार गरेपछि नेपालस्थित अमेरिकी राजदूतावासले ट्वीट गरेर आफ्नो धारणा सार्वजनिक गरेको छ। एमसीसी हेडक्वाटरमा सरकारले पत्र पठाएपछि दूतावासले प्रष्टीकरण दिएको हो।

सरकारले एमसीसीका बारेमा केही प्रश्न सोधेको थियो। त्यसलगत्तै समाजिक सञ्‍जालमा विरोधसँगै सडकमै प्रदर्शन हुन थालेपछि दूतावासले एमसीसीका बारेमा हुने तथ्यगत बहसका पक्षमा आफूहरू रहेको प्रष्ट पारेको छ। 

'एमसीसी लगायतका कुनै पनि विषयमा हुने तथ्यमा आधारित सार्वजनिक बहस, छलफलका पक्षमा छौँ' दूतावासको आधिकारिक ट्वीटर ह्यान्डलबाट आएको ट्वीटमा उल्लेख गरिएको छ। 

सडकमा एमसीसीका विरुद्धमा प्रदर्शन हुन थालेपछि केही समयअघि गृहमन्त्रालयले विज्ञप्तिमार्फत कुनै पनि विदेशी सहायतामा सञ्चालित आयोजनाका विरुद्धमा प्रदर्शन नगर्न सचेत गराएको थियो। 

सरकारको विज्ञप्ति आएपछि अमेरिकी दबाब /प्रभावमा सरकारले सो विज्ञप्ती जारी गरेको आरोप लाग्दै आएको छ।


प्रकाशित : सोमबार, भदौ २१ २०७८१५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend