बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनिजको पहिलो साधारणासभा सम्पन्न 

आइतबार, भदौ २४ २०८०
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनिजको पहिलो साधारणासभा सम्पन्न 

कार्यकारी सदस्यहरूमा एलिसा श्रेष्ठ, गौरव पाण्डे, कैलासराज बिजयानन्द, नारायाण कोइरला र प्राथना शाख: निर्वाचित भएका छन्। 

काठमाडौं- नेपालमा सूचना प्रविधि सेवाको व्यवसाय गर्ने कम्पनीहरूको नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनिजको पहिलो साधारणासभा सम्पन्न भएको छ। 

सूचना प्रविधि सेवा तथा सफ्टवेयर उत्पादकहरूका लागि हितमा पैरवी गर्नका लागि स्थापना भएको एसोसिएसनको पहिलो सधारणाभाले रिचान श्रेष्ठको अध्यक्षतामा बोर्ड निर्वाचित गरेको छ। 

उपाध्यक्षमा सन्तोष कोइराला, महासचिवमा दिपेन चापागाई र कोषाध्यक्षमा अभय पौडेल निर्वाचित भएका छन्। 

कार्यकारी सदस्यहरूमा एलिसा श्रेष्ठ, गौरव पाण्डे, कैलासराज बिजयानन्द, नारायाण कोइरला र प्राथना शाख: निर्वाचित भएका छन्। 

नेपालमा सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत पैरवी गर्ने तथा अवसरका बारेमा जानकारी गराउने एसोसिएसनको उद्देश्य रहेको छ। 

प्रकाशित : आइतबार, भदौ २४ २०८०१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend