आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

गएको साता ५८ अंकले घटेको सेयर बजारमा यो साता पहिलो कारोबार वृद्धितर्फ, थप सुधारको अपेक्षामा लगानीकर्ता

सेयर बजारमा सुधारका ठाउँ छन्, काम हुन्छ : अर्थमन्त्री महत

आइतबार, भदौ २४ २०८०
गएको साता ५८ अंकले घटेको सेयर बजारमा यो साता पहिलो कारोबार वृद्धितर्फ, थप सुधारको अपेक्षामा लगानीकर्ता

काठमाडौं- गएको साता ५८.१४ अंकको गिरावट देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारले सुधारको संकेत गरेको छ। आइतबार देखिएको सामान्य वृद्धिले लामो समयदेखि २००० बिन्दुको आसपास अल्झिरहेको बजारले गति लिन सक्ने संकेत भेटिएको छ।

आइतबार १०.२३ अंकको वृद्धिसहित बजार १९४२.६८ बिन्दुमा पुगेको छ। १५२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ। ६६ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार २९.८१ अंकले घटेको नेप्से परिसूचक सोमबार ७.०४ अंकले बढेको बजार मंगलबार ६.४५ अंकले घटेर १९६१.३७ बिन्दुमा झरेको थियो। साताको अन्तिम कारोबारमा बिहीबार २८.९२ अंकले घटेर बजार १९३२.४५ बिन्दुमा झरेको थियो।

सेयर बजार सुधारको विषयमा आफू सकारात्मक रहेको र त्यसका लागि आवश्यक कामहरू गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। यसअघि पनि आफूले कार्यभार सम्हालेदेखि नै सबैसँगको निरन्तर छलफल र सहकार्यबाट अघि बढिरहेको बताउँदै उनले सुधारका लागि आफू लचिलो हुने पक्षमा रहेको बताएका छन्। 

'मौद्रिक नीतिबाट भएका घोषणा र अझै सहज बनाउनका लागि काम भइरहेका छन्। सेयर बजारदेखि चालु पँजी कर्जासम्मका क्षेत्रमा सुधारका ठाउँ छन् र हामीले तयारी गरिरहेका छौँ। यी सबै कुरामा काम हुँदा सुधार पक्कै हुन्छ' बिजनेस न्युससँग उनले भनेका छन्। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी भएको देखिन्छ। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री नदेखिएको विश्लेषकहरू बताउँछन्।

केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन। बजारमा स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा लगानीकर्ता अघि बढ्न सकेका छैनन्। जसले लामो समयदेखि बजार उही बिन्‍दु वरपर देखिन्छ। 

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्।


प्रकाशित : आइतबार, भदौ २४ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend