काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १४ का सदस्य वसन्त महर्जन दुई लाख रुपैयाँ घुसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग रकम मागेको उजुरी परेको थियो।
अख्तियार टोलीले महर्जनलाई २ लाख घुस रकमसहित कलंकी, खसी बजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट उनलाई नियन्त्रणमा लिएको हो।