शुक्रबार, जेठ ४ गते २०८१    
images
images

अध्यागमन विभागको महानिर्देशकबाट हटाइए झलकराम अधिकारी, अनुसन्धानका लागि मन्त्रालय तानियो

images
बिहीबार , भदौ ७ २०८०
images
images
अध्यागमन विभागको महानिर्देशकबाट हटाइए झलकराम अधिकारी, अनुसन्धानका लागि मन्त्रालय तानियो

गृह मन्त्रालयमा तानिएका उनीमाथि अब सुन तस्करी प्रकरणका अन्य विषयका साथै उक्त व्यक्तिसँगको संवादबारे पनि अनुसन्धान हुनेछ। 

images
images

काठमाडौं- अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन्। सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा शेर्पासँग गरेको संवाद बाहिरिएपछि अनुसन्धानका लागि भन्दै उनलाई विभागबाट हटाइएको हो। 

images
images
images

अधिकारीलाई गृह मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको जनाइएको छ। गृह मन्त्रालयमा तानिएका उनीमाथि अब सुन तस्करी प्रकरणका अन्य विषयका साथै उक्त व्यक्तिसँगको संवादबारे पनि अनुसन्धान हुनेछ। उनीसँग संवाद गरेका भनिएका दावा भने अझै फरार छन्।

images

६० किलो ७ सय १६ ग्राम सुन तस्करीका मुख्य योजनाकारमध्येका एक मानिएका दावासँग अध्यागमन विभागका महानिर्देशक अधिकारीको 'कनेक्सन' रहेको भन्दै उनको कुराकानीको 'स्क्रिनसट'समेत बाहिरिएपछि उनीमाथि अनुसन्धान हुने भएको हो। 

images
images

यसअघि पनि गृहमा नै रहेका सहसचिव अधिकारी २०७९ फागुन दोस्रो साता अध्यागमन विभागका महानिर्देशकको जिम्मेवारीमा पठाइएका थिए। राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमासमेत काम गरिसकेका अधिकारीले यसअघि ठूला करदाता कार्यालयको जिम्मेवारी समेत सम्हालेका थिए। 

images
images


प्रकाशित : बिहीबार , भदौ ७ २०८००८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend