शुक्रबार, जेठ ४ गते २०८१    
images
images

आरनलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाले दियो आधुनिक औजार

images
बिहीबार , भदौ ७ २०८०
images
images
आरनलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाले दियो आधुनिक औजार
फाइल तस्बिर

आरन सुधार कार्यक्रमअन्तर्गत विद्युतीय पंखा, ग्रेडर, रेटि, प्लायर, सुरक्षित पञ्जा, चश्मालगायतका सामग्री प्रदान गरिएको हो।

images
images

त्रिवेणी- नवलपुरको बौदीकाली गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ। आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले विभिन्न आधुनिक औजार सहयोग गरेको हो।

images
images
images

गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिलाई यसको सुधार गर्दै प्रविधिमैत्री बनाउन तथा व्यवसाय प्रवर्द्धनका लागि विभिन्न सामग्री सहयोग गरेको हो। गाउँपालिका भित्र रहेर परम्परागतरुपमा आरन व्यवसाय गर्दै आएका १६ जनालाई उनीहरूको पेसा थप व्यवस्थित बनाउन आवश्यक औजार सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए।

images

आरन व्यवसाय संकटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जीविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउँदै यसमा आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखी सहयोग प्रदान गरेको अध्यक्ष ओझाले बताए।

images
images

'गाउँघरमा अझै पनि आरन व्यवसायबाटै गुजारा चलाउने धेरै हुनुहुन्छ, यो पेसा व्यवस्थित बनाउँदै लैजाने, पेसा नै संकटमा पर्ने अवस्था रोक्ने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखेको र सोहीअनुसार सहयोग गरिएको हो', अध्यक्ष ओझाले भने।

images
images

परम्परागत सीपलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आधुनिक औजार सामग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष ओझाले बताए। आधुनिक औजारले कम श्रममा बढी आम्दानी लिन साथै गुणस्तरीय उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको उनले बताए।

आरन सुधार कार्यक्रमअन्तर्गत विद्युतीय पंखा, ग्रेडर, रेटि, प्लायर, सुरक्षित पञ्जा, चश्मालगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले आरन सुधारसँगै दलित प्रवर्द्धन तथा सशक्तीकरण कार्यक्रममार्फत पालिकाभित्र सिलाइकटाइ गर्ने ३२ जनालाई सिलाइ मेसिन सहित सिलाइ सामग्री हस्तान्तरण गरेको छ।

यसैगरी जुत्ताचप्पल सिलाउने सामाग्री दुई जनालाई हस्तान्तरण गरिएको छ। सिलाई पेसा गर्दै आएकालाई सिलाइ मेसिनसहित आइरन, कैँची, इन्टरलक मेसिन, झोला ज्याकेट सिलाउने मेसिनलगायतका सामग्री हस्तान्तर गरिएको अध्यक्ष ओझाले बताए।

परम्परागतरुपमा आरन, कपडा सिलाइ तथा जुत्ताचप्पल सिलाइका पेसा गर्दै आएकाहरुलाई उत्प्रेरित गर्दै स्वरोजगारमूलक यस्ता खालका पेसालाई प्रवर्द्धन गर्न पालिकाले सहयोग गरेको अध्यक्ष ओझाले जानकारी दिए।

पालिकाले आरान सुधार कार्यक्रम ल्याएर आफूहरूको पेसाको सम्मान तथा थप यो पेसालाई सुधार गर्न सहयोग गरेकामा बौदीकाली-३, रकुवाका हुमबहादुर सुनारले खुसी व्यक्त गरे। यसले आफ्नो पेसालाई थप व्यवस्थित बनाउन सहयोग पुगेको उनको भनाइ छ।

सामान्य आम्दानी हुने र आफूहरूले थप लगानी गरी सामग्री खरिद गर्नसमेत नसक्ने अवस्थामा पालिकाले जुत्ताचप्पल सिलाउने सामग्री प्रदान गरेकामा बौदीकाली-६ का लक्ष्मण सार्कीले खुसी व्यक्त गरे।

गाउँपालिकाले दलित प्रवर्द्धन तथा सशक्तीकरण कार्यक्रममा विनियोजन गरेको ६ लाख र आरन सुधार कार्यक्रमका लागि विनियोजन गरेको तीन लाख ५० हजार गरी कुल नौ लाख ५० हजार रूपैयाँका विभिन्न सामग्री खरिद गरि हस्तान्तरण गरेको हो। रासस 


प्रकाशित : बिहीबार , भदौ ७ २०८००८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend