शुक्रबार, जेठ ४ गते २०८१    
images
images

मनाङ सडक : निरन्तर पहिरो, खुलाउन नपाउँदै अवरुद्ध

images
बिहीबार , भदौ ७ २०८०
images
images
मनाङ सडक : निरन्तर पहिरो, खुलाउन नपाउँदै अवरुद्ध

सडक अवरुद्ध हुँदा सवारीसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ। यहाँको सडक पूर्णरुपमा ठप्प हुँदा  मनाङ आउने पर्यटक, पथप्रर्दशक र कर्मचारीहरू बिच बाटोमै अलपत्रमा परेका छन्।

images
images

मनाङ- हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ। लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे, मर्स्याङ्दी गाउँपालिका- ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ।

images
images
images

धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रुपमा रहेका बेँसीसहर-चामे सडक पूर्णरुपमा अवरुद्ध भएको डुम्रे-बँसीसहर-चामे सडक आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए।

images

उनका अनुसार सडक निर्माण गर्दैगर्दा माथिबाट पहिरो खस्ने समस्याले बाटो खुलाउनै मुस्किल भएको छ। सबइन्जिनियर अधिकारीले भने, 'एक ठाउँमा सडक सरसफाइ गरिन्छ, अर्को स्थानमा पहिरो खसेर ट्र्याक नै बगाउने गरेको र वर्षाको समयमा भौगोलिक धरातल कमजोर रहेकाले  सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको छ।'

images
images

धरातल कमजोर भएको अवस्थामा साँघुरो बाटोमा दुई सय मिटरमाथिबाट पहिरो खस्दा सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरको उनको भनाइ थियो। सबइन्जिनियर अधिकारीले भने, 'मनाङ आउने एउटै मात्र सडक छ, यसमा पनि मुख्य सडकसँगै जोडिएर खोलिएका शाखा सडकका कारण समस्या हुने गरेको छ।'

images
images

मुख्य सडकसँग समन्वय नगरी खोलिएका शाखा सडकबाट आउने लेदोसहितको पानीले सडकमा समस्या हुँदै आएको छ।  सडक अवरुद्ध हुँदा सवारीसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ। यहाँको सडक पूर्णरुपमा ठप्प हुँदा  मनाङ आउने पर्यटक, पथप्रर्दशक र कर्मचारीहरू बिच बाटोमै अलपत्रमा परेका छन्।

छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका किसानले सास्ती भोग्नाका साथै स्याउ, आलु बिक्रीका लागि बजारसम्म पुर्‍याउन पनि समस्या भएको स्थानीय किसान सोलबहादुर गुरुङले बताए। उनले भने, 'किसानलाई सबैतिरबाट सास्ती भोग्नुपर्छ, सडकका कारण बारीमा फलेका स्याउ बिक्री गर्न बजारसम्म पुर्‍याउन सास्ती भएको छ, अर्डर आएको सामान समयमा बजारसम्म पुर्‍याउनै सकिदैन र आम्दानीभन्दा पनि सामान पुर्‍याउनमै खर्च बढी लाग्ने गरेको छ।'

यहाँ उत्पादित स्याउ र आलु बिक्रीका लागि लमजुङ, पोखरा, काठमाडौं, चितवनलगायत देशका ठूला सहरबाट माग हुने गरे पनि उत्पादित वस्तु पुर्‍याउनुभन्दा बढी सामग्री ढुवानीमा खर्चनुपर्ने अवस्था यहाँका किसानले भोग्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , भदौ ७ २०८००७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend