आइतबार, असोज ६ गते २०८१    
images
images

मोटरबाटो निर्माणपछि रोला झरनामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

images
मंगलबार, भदौ ५ २०८०
images
images
मोटरबाटो निर्माणपछि रोला झरनामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

पृथ्वीराजमार्गको तालचोकदेखि बेगनासताल खण्डको शिशुवा तथा मोहोरीयाबाट बेगनासताल, खास्टेताल, मैदीताल, रुपाताललाई नियाल्दै लामास्वारा, स्याङखुदीबाट बाँस्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ।

images
images

गण्डकी- पोखरा महानगरपालिका-२८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ। जंगलको बिच भागमा रहेको मनोरम झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ।

images
images
images

६५ मिटर अग्लो झरनाको दृश्यावलोक गर्ने, दहमा पौडी खेल्दै रमाउने र शीतलताको अनुभूति गर्ने पर्यटकको दैनिकजसो भिड लाग्ने गरेको स्थानीय सूर्यमोहन बाँस्तोलाले जानकारी दिए। उनका अनुसार सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरनापछि परेको अवस्थालाई दृष्टिगत गर्दै यसको संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय पहल महत्वपूर्ण बनेको छ।

यसअघि विसं २०७३ मा स्थानीयको पहलमा नेटाबाट झरनासम्म पुग्ने मोटरबाटो निर्माण गरिएसँगै रोला झरना प्रचारप्रसारमा आएको हो। उनले भने, 'यतिखेर दैनिक पाँच सयदेखि एक हजार पाँच सय जनासम्म आन्तरिक पर्यटक आउने गरेका छन्। विशेष गरी प्रत्येक हप्ताको शनिबार झरनामा रमाउनेको बढी भिड लाग्ने गरेको छ।'

झरनासम्म पुग्न कच्ची मोटरबाटो निर्माण भएसँगै विगतका वर्षहरुमा ट्रिप लङ प्रालिले सहासिक खेल क्यानोनिङ सञ्चालन गर्दा थप आकर्षण बढेको उनको भनाइ छ। तर दुई वर्षयता क्यानोनिङ सञ्चालन भएको छैन। पर्यटक बढाउन झरनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नु अपरिहार्य बनेको उनको भनाइ छ।

images

झरनामा रमाउन पुग्ने पर्यटकलाई तात्कालीन सुविधा पुर्‍याउने लक्ष्यका साथ पोखरा महानगरपालिका वडा नं. २८ ले दुई वर्षअघि चेन्जिङरुम र शौचालय निर्माण गरेको थियो। लायन्स क्लब अफ पोखराको ६२ हजार रूपैयाँ र नेपाल लायन्स फाउन्डेसनको ५० हजार रूपैयाँ गरी कुल एक लाख १२ हजारको लागतमा रोला झरनामा ट्रष्ट प्रतिक्षालय निर्माण गरिएको लायन्स इन्टरनेसनल डिष्टिक ३२५ ‘के’ का जोन चियरपर्सन भोला ओझाले जानकारी दिए।

झरनाको ५०/६० मिटरको फरकमा पूर्वउत्तरमा ढोडेली झरना छ भने सो पानी एकीकृत भएर केही तल्लो भागमा निलिरह जुम्ल्याहा झरना पनि छ। कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङसहितको एक टोलीले उक्त झरनाको स्थलगत अध्ययन अवलोकन गरी प्राकृतिक स्रोतको भरपुर उपयोग गरी स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नेमा जोड दिएको छ। सांसद गुरुङले पर्यटकीय नगरी पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यकारुपमा विकास गर्नका लागि गुरुयोजना निर्माण गरेर आवश्यक भौतिक संरचना निर्माणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए।

झरनासम्म बाटोको सुविधा, पानी पर्दा ओत बस्ने ठाउँ लगायतका विभिन्न अत्यावश्यक भौतिक संरचना तयार गरेर आन्तरिक एवं बाह्य पर्यटकलाई सुविधा पुर्‍याउनु तत्काल पहल गरिने उनको प्रतिबद्धता थियो। स्थानीय हरिप्रसाद बाँस्तोलाका अनुसार बेगनास तालको जलाधार क्षेत्रका रुपमा रहेको स्याङखुदीदेखि चण्डीखोलाको निलिरहका झरनासम्म मोटर बाटो निर्माण गरी त्यसभन्दा करिब एक सय मिटरमा अवस्थित रोला र ढोडेली झरनासम्म पैदलमार्ग निर्माण गर्ने हो भने एक दिनको प्याकेज बनाउने सकिन्छ। यसले पर्यटकको बसाइँ लम्व्याउन सहयोग पुग्ने उनको विश्वास छ।

पृथ्वीराजमार्गको तालचोकदेखि बेगनासताल खण्डको शिशुवा तथा मोहोरीयाबाट बेगनासताल, खास्टेताल, मैदीताल, रुपाताललाई नियाल्दै लामास्वारा, स्याङखुदीबाट बाँस्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ। रासस


प्रकाशित : मंगलबार, भदौ ५ २०८००७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend