शनिबार, वैशाख १५ गते २०८१    
images
images

टोयोटा फर्चुनर प्रयोगकर्ताले किनेको टाटा टियागो ईभी : ६ सय किमि टियागो ईभी चलाउँदाको अनुभव

images
images
images
टोयोटा फर्चुनर प्रयोगकर्ताले किनेको टाटा टियागो ईभी : ६ सय किमि टियागो ईभी चलाउँदाको अनुभव

विद्युतीय कार चालकहरू ड्राइभिङ मोड परिवर्तन गर्न निकै सावधान हुनुपर्छ।

images
images

काठमाडौं- शक्तिशाली आईसी इन्जिनयुक्त कार प्रयोगकर्ताहरूले मध्यम पावरको विद्युतीय कार किनेर चलाउँदा कस्तो अनुभव गर्लान्? धेरैका लागि यो चासोको विषय हो।

images
images
images

आईसी इन्जिनयुक्त कार चलाइरहेकाहरूलाई ईभीमा हामफाल्न केही सन्देह हुने गरेको छ। तर भारतमा टोयोटाको फर्चुनर चलाइरहेका एक व्यक्तिले टाटाको टियागो ईभीलाई आफ्नो दास्रो कारका रुपमा खरिद गरेका छन्। प्रारम्भिक रुपमा टाटा टियागो ईभी चलाउँदा उनी सन्तुष्ट नै छन्। जति समय चलाएका छन् त्यो सयम एसी अन गरेर टियागो ईभीले २ सय २५ किलोमिटरभन्दा बढी रेन्ज दिएको उनको अनुभव छ। 

images

ती व्यक्तिले टियागो ईभी किनेको धेरै समय नभएपनि हालसम्म ६ सय किलोमिटर कुदाइसकेका छन्। कार्यालय जाने र आउने गर्दा उनले दैनिक ५५ किलोमिटरको राउन्डट्रिप गर्छन्। 

images

रेन्ज

images
images

अहिलेसम्म टियागो ईभीमा भएको ब्याट्रीलाई ४० प्रतिशतभन्दा तल झर्न दिएका छैनन् भने ९५-१०० प्रतिशतसम्म चार्ज गरेर चलाउँदै आएका छन्। उनले टियागो ईभी चलाउँदा सँधै एसी अन नै गर्दा रियलमा २ सय २५ किलोमिटरभन्दा बढी रेन्ज पाइरहेका छन्। 

एयर कन्डिसन

फर्चुनरमा जस्तै निस्फिक्री चलाउन नपाएपनि कार अनुसार टियागो ईभी राम्रो रहेको छ। ब्याट्री म्यानेजमेन्ट सिस्टममा ट्रिक लगाइएको छ कि भनेर चनाखो हुनेपर्नेमा उनले सचेत गराएका छन्। एसीबाट धेरै चिसो फ्याक्न ट्रिक लगाएका हुन सक्छन्। 

टियागो ईभी चलाउँदा निक्कै मज्जा भइरहेको छ। रिजेनमा चलाउँदा भन्दा रिजेन लेवलमा नलगाई चलाउँदा अझै बढी आनन्द आउने रहेछ। रिजेन लेवलबिनै चलाउँदा अन्य कार जत्तिकै आरामदायी छ टियागो ईभी। रिजेन लेवलमा कारको पछाडि रातो बत्ती नबलिकनै गाडी स्लो हुन्छ। जसका कारण केही जोखिम बढ्ने भएकाले ब्रेकको सहायता लिनु पर्छ।

चढाइ

चेन्नईमा गएको बुधबार ठूलै पानी गरेको थियो। कार्यालयबाट फर्किँदा दुई फ्लाइओभरमा ट्राफिकमा बस्नु गरेको थियो। निक्कै बाक्लो गाडी भएकाले स्पोर्ट मोडमा लगाएर टियागो ईभीलाई अघि बढाउँदा रत्तिभर गाडी पछाडि बगेन। सामान्य कारजस्तै गरि यो कार पनि अघि बढ्यो। मान्छेहरूले १ फिटसम्म पछि हटेको बताएको सुनेको थिए तर त्यो होइन रहेछ। 

ड्राइभिङ मोड सेलेक्टर 

विद्युतीय कारमा ड्राइभिङ मोड छनोट गर्न परम्परागत कारमा जस्तो गेयर लिवर हुँदैन। विद्युतीय कारमा सामान्य नब हुन्छ। विद्युतीय कार चालकहरू ड्राइभिङ मोड परिवर्तन गर्न निक्कै सावधान हुनुपर्छ। ट्राफिकमा रोकिएका बेला एन मोडमा बदलिएको नब जाम खुलेपछि डी मोडमा लगाएर गाडी गुडाइन्छ।

यस्तोमा झुक्किएर आर मोडमा लगियो भने गाडी ब्याक गुड्ने र दुर्घटना निम्त्याउन सक्छ। ईभीमा झक्किएर आर मोडमा जाँदा केही संकेत दिने व्यवस्था नभएको उनको अनुभव रहेको छ। त्यस्तै चार्जिङ पोर्ट खोल्नका लागि भने केही असहज भएको अनुभव कतिपयले गरेका छन्। 

टियागो ईभीको विशेषता

टाटा मोटर्सले २०१८ को अटो एक्सपोमा पहिलोपटक टियागो ईभी सोकेस गरेको थियो। २०२० मा भारतीय बजारमा बिक्रीका लागि आउने अनुमान गरिएको यो कार २०२३ जनवरीमा बिक्री सुरु भएको हो।

टियागो ईभी पेट्रोलियम इन्जिनकै डिजाइनमा आएको भए पनि इन्टेरियर र ग्रिलमा भने परिमार्जन गरिएको छ। टाटा टियागो ईभी फास्ट चार्जिङ क्षमतासहित आएको छ। 

टियागो ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ। २४ केडब्लूएचको ब्याट्री प्याक भएको टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने र १९.२ केडब्लूएच ब्याट्री प्याक भएको कारले २ सय ५७ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। 

लिक्युड-कुल्ड ब्याट्र र मोटरका साथ उपलब्ध टियागो ईभीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ। १५ एम्पियर प्लगबाट चार विभिन्न चार्जिङ अप्सन दिइएको छ। ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ। १० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ। 

टाटाको टियागो ईभी नाडा अटो शोमा वा त्यस अघि नै नेपाली बजारमा आउनेछ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी उपलब्ध गराउने बताएको छ। हाल नेपाली बजारमा टाटाका नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी उपलब्ध रहेको छ। त्यस्तै टाटाले विद्युतीय ट्याक्सीमा एक्सप्रेस टी पनि बिक्री गर्दै आएको छ। 

images

प्रकाशित : बुधबार, भदौ ६ २०८००३:५५

प्रतिक्रिया दिनुहोस