शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कोभिडका कारण बन्द भएको पाटन दरबार क्षेत्र बुधबारदेखि खुल्दै

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
कोभिडका कारण बन्द भएको पाटन दरबार क्षेत्र बुधबारदेखि खुल्दै

काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञाका कारण बन्द भएको पाटन म्युजियमलगायतका पर्यटकीय गन्तव्यहरू भदौ २३ गते बुधबारबाट खुल्ने भएका छन्।

ललितपुर- काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञाका कारण बन्द भएको पाटन म्युजियमलगायतका पर्यटकीय गन्तव्यहरू भदौ २३ गते बुधबारबाट खुल्ने भएका छन्।

एकद्वार पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समितिले निषेधाज्ञाका कारण हालसम्म बन्द भएको पर्यटकीय गन्तव्य पाटन म्युजियम लगायतका गन्तव्य खुला गर्ने निर्णय गरेको छ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ। सूचना अनुसार २३ गते बुधबारदेखि पाटन दरबार क्षेत्र र अन्य पर्यटकीय गन्तव्यहरू खुल्ने छ।


प्रकाशित : सोमबार, भदौ २१ २०७८१२:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend