शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

पुँजी बजारमा समस्या आएपछि गभर्नरलाई अर्थमन्त्रीको फोन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
पुँजी बजारमा समस्या आएपछि गभर्नरलाई अर्थमन्त्रीको फोन

सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिको सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै समस्या समाधान गर्न आग्रह गरेका हुन्।

काठमाडौं- सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिको सम्बन्धमा अर्थ मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै समस्या समाधान गर्न आग्रह गरेका हुन्।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन्। उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गरेका छन्। जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्।


प्रकाशित : सोमबार, भदौ २१ २०७८०७:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend