बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

पुँजी बजारमा समस्या आएपछि गभर्नरलाई अर्थमन्त्रीको फोन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
images
images
पुँजी बजारमा समस्या आएपछि गभर्नरलाई अर्थमन्त्रीको फोन

सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिको सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै समस्या समाधान गर्न आग्रह गरेका हुन्।

images
images

काठमाडौं- सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिको सम्बन्धमा अर्थ मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

images
images
images

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै समस्या समाधान गर्न आग्रह गरेका हुन्।

images
images

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन्। उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गरेका छन्। जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्।

images
images
images


प्रकाशित : सोमबार, भदौ २१ २०७८०७:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend