शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

इटहरीमा खुल्यो केएफसीको आउटलेट, खुलेकै दिन ग्राहक संख्याको रेकर्ड 

images
बिजनेस न्युज
images
images
इटहरीमा खुल्यो केएफसीको आउटलेट, खुलेकै दिन ग्राहक संख्याको रेकर्ड 

इटहरीमा खुलेको केएफसीमा भारतीय प्रायद्विपमा भएका आउटलेटमध्येको एउटा कीर्तिमान बनेको छ। कम्पनीले दिएको जानकारीअनुसार खुलेको पहिलोदिनमा ग्राहक संख्याको कीर्तिमान बनेको हो। 

images
images

इटहरी- सुनसरीको इटहरीमा केएफसीको आउलेट खुलेको छ।  इटहरीको भाटभटेनी सुपरमार्केटको भवनमा भदौ १९ गतेदेखि केएफसी सञ्चालनमा आएको छ। 

images
images
images

भाटभटेनी सुपरार्केटका सञ्‍चालक मनबहादुर गुरुङले उक्त आउटलेटको उद्घाटन गरेका थिए। 

images

२ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त आउटलेटमा १५ जना स्थानीयले तत्काल प्रत्यक्ष रोजगारी पाएको देवयानी इन्टरनेशनल नेपालले जानकारी दिएको छ। तीन करोड नेपाली रुपैयाँभन्दा बढी लगानीमा आउटलेट खुलेको हो।

images

इटहरीमा खुलेको केएफसीमा भारतीय प्रायद्विपमा भएका आउटलेटमध्येको एउटा कीर्तिमान बनेको छ। कम्पनीले दिएको जानकारीअनुसार खुलेको पहिलोदिनमा ग्राहक संख्याको कीर्तिमान बनेको हो। 

images
images

भारतीय प्रायद्विपमा खुलेका कुनै पनि आउटलेटभन्दा इटहरीको आउटलेटमा पहिलोदिन सबैभन्दा धेरै ग्राहकले सेवा लिएका छन्। 

कम्पनीले दिएको जानकारीअनुसार इटहरीको आउटलेटमा पहिलोदिन पाँच हजार बढी ग्राहक केएफसीमा खाएर बिल तिरेका थिए। यो यो क्षेत्रमा सबैभन्दा धेरै ग्राहक संख्या हो। 

काठमाडौं उपत्यकमा केएफसीका छ वटा आउटलेट छन्। दरबारमार्ग,थापाथली,बौद्ध,पुल्चोकको लबिम मल,महाराजगञ्जको भाटभटेनी, ठिमीको भाटभटेनीमा केएफसीका आउटलेट छन्। पोखराको लेकसाइड र भरतपुरको सिजी ल्यान्डमार्कमा पनि आउटलेट सञ्चालित रहेका छन्। इटहरीको आउटलेट नवौं हो। 

अमेरिकी  ब्रान्ड केएफसी र पिज्जाहटको पहिलो आउटलेट सन् २०१० देखि काठमाडौंमा खुलेको हो। भारत लगायतका देशहरुमा  देवयानी इन्टरनेशनल भारतले केएफसी,पिज्जाहट लगायतका फ्रेन्चाइजीको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ। 

सन् १९३० देखि सुरु भएको केएफसी अहिले संसारकै लोकप्रिय चिकेन रेष्टुरेन्ट चेनका रुपमा रहेको छ। क्रिस्पी,ग्रिल्ड लगायतका कुखुराको मासुका विभिन्न परिकार यसका सिग्नेचर मेन्युमा पर्छन्। 

संसारका ११८ देशमा १८ हजार ८७५ केएफसी रेष्टुरेन्ट छन्। 

सुरुमा नेपाल आउँदा विदेशबाट कुखुरा ल्याउने केएफसीले पछिल्लो समय भने नेपालकै कुखुरा खपत गरिरहेको छ।  

नेपालमा केएफसी आएसँगै क्रिस्पी/क्रन्ची चिकेन कल्चर विस्तार भएको छ। चिकेन परिकार केन्द्रित स्थानीय चेन रेष्टुरेन्टहरु पनि विस्तार भइरहेका छन्। 

 

images

प्रकाशित : सोमबार, भदौ २१ २०७८०९:१९
  • सम्बन्धित विषय:

  • # केएफसी
  • # केएफसीकाठमाडौं
  • # पिज्जाहट
  • # केएफसीइटहरी
  • प्रतिक्रिया दिनुहोस