बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सम्पर्कविहीन भएको हेलिकप्टर खोज्न अल्टिच्युटको हेलिकप्टर पठाइयो

मंगलबार, असार २६ २०८०
सम्पर्कविहीन भएको हेलिकप्टर खोज्न अल्टिच्युटको हेलिकप्टर पठाइयो

काठमाडौं- सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएपछि त्यसको खोजिका लागि अल्टिच्युट एयरको हेलिकोप्टर सोलुखुम्बु पठाइएको छ। 

अल्टिच्युट एयरका अनुसार सम्पर्कविहीन भएको हेलिकोप्टर खोजी गर्नका लागि काठमाडौंबाट हेलिकोप्टर गएको हो।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईका अनुसार पाइलटसँग अन्तिमपटक १० बजेर १३ मिनेटमा सम्पर्क भएको थियो। त्यसपछि सम्पर्क हुन सकेको छैन। हेलिकोप्टरमा एक पाइटल र पाँच विदेशी नागरिक सवार छन्।

पाइलटले लुक्ला इन्चार्जसँग भाइबरमा फोन गरेलगत्तै हेलिकप्टर सम्पर्कविहीन पाइलटले लुक्ला इन्चार्जसँग भाइबरमा फोन गरेलगत्तै हेलिकप्टर सम्पर्कविहीन


प्रकाशित : मंगलबार, असार २६ २०८००५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend