बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पाइलटले लुक्ला इन्चार्जसँग भाइबरमा फोन गरेलगत्तै हेलिकप्टर सम्पर्कविहीन

मंगलबार, असार २६ २०८०
पाइलटले लुक्ला इन्चार्जसँग भाइबरमा फोन गरेलगत्तै हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको  हेलिकोप्टर सम्पर्कविहीन भएको छ। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्।

सम्पर्कविहीन हुनुभन्दा केही अगाडि लुक्ला एयरपोर्टका इन्चार्जसँग पाइलटले भाइबरमा कुराकानी गरेका थिए। त्यसलगत्तै सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्ध निर्देशक राजु न्यौपानेले जानकारी दिए। ‘इन्चार्जले पाइलटसँग पछि सम्पर्क गर्न खोज्दा सम्पर्क भएन र सिधा काठमाडौं आउनुपर्ने जहाज अहिलेसम्म सम्पर्कमा आएको छैन,’ न्यौपानेले भने। 

उनका अनुसार हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी कार्य जारी रहेको छ। 

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन  मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन 


प्रकाशित : मंगलबार, असार २६ २०८००५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend