काठमाडौं- मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर सम्पर्कविहीन भएको हो। हेलिकप्टरमा ६ जना यात्रु भएको प्रारम्भिक सूचना आएको छ।
मनाङ एयर प्रबन्ध निर्देशक राजु न्यौपानेका अनुसार हेलिकप्टर बिहान १०:२५ देखि सम्पर्कविहीन छ। जसमा एक पाइलटसहित ५ विदेशी नागरिक रहेका छन्।
पाइलटले लुक्ला इन्चार्जसँग भाइबरमा फोन गरेलगत्तै हेलिकप्टर सम्पर्कविहीन