बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हवाई टिकटमा भ्याट, एयरलाइन्सहरूले असार १५ गतेदेखिकै टिकटको भ्याट बुझाउनुपर्ने

मंगलबार, असार २६ २०८०
हवाई टिकटमा भ्याट, एयरलाइन्सहरूले असार १५ गतेदेखिकै टिकटको भ्याट बुझाउनुपर्ने

अहिले टिकटमा भ्याट लगाए पनि नलगाएपनि कम्पनीहरूले भने असार १५ गतेदेखिकै बुझाउनुपर्ने विभागले जानकारी दिएको छ। 

काठमाडौं- आर्थिक ऐन २०८० मा हवाई टिकटमा भ्याट लगाउने व्यवस्था भएपनि अहिलेसम्म लागु भएको छैन।

एयरलाइन्स कम्पनीहरूले भ्याटमा दर्ता भएर टिकटमा भ्याट लगाउने काम अझै सुरू गरेका छैनन्।

आन्तरिक राजस्व विभागका अनुसार एयरलाइन्स कम्पनीहरू दर्ता भइरहेका छन् तर टिकटमा भ्याट सक्रिय भइसकेको छैन। यात्रुले काट्ने टिकटको मूल्य भ्याटसहितको आएको छैन। कम्पनीहरूले भ्याट काट्न सुरू नगरेपनि असार १५ गतेदेखिकै टिकटको मूल्यमा लाग्ने भ्याट रकम बुझाउनुपर्नेछ। 

कानूनअनुसार घोषणा भएको एक महिनाभित्र नयाँ भ्याट कार्यान्वयन हुनुपर्छ। सोही व्यवस्थाअनुसार नै विभागले भ्याटमा आउन आह्वान गरेको थियो। 

अहिले टिकटमा भ्याट कसैले लगाए पनि नलगाए पनि कम्पनीहरूले भने असार १५ गतेदेखिकै भ्याट बुझाउनुपर्ने विभागले जानकारी दिएको छ। 

महानिर्देशक दिर्घराज मैनाली कानूनले एक महिनाकाे समय दिएकाे र अब भ्याटमा दर्ता हुँदै कार्यन्वयमा लैजाने काम वायुसेवा कम्पनीहरूकै भएकाे बताए।

अन्तर्राष्ट्रिय हवाई उडान गर्नेले वायुसेवा कम्पनीहरूले पनि नेपालबाट प्रस्थान गर्ने यात्रुकाे टिकटकाे आधारमा भ्याट तिर्नु पर्ने उनले बताए।  काठमाडौंंबाट कतार एयरकाे जहाज मार्फत अमेरिका उडान गर्ने यात्रुले तिरेकाे सबै मूूूल्यमा भ्याट लाग्दैन। पहिले गन्तव्य काठमाडौं कतारकाे रकममा मात्रै भ्याट लाग्ने छ।

हवाई सेवामा भ्याट : अध्ययन दलले टुंगो लगायो कुन शीर्षकमा लाग्छ, कुनमा लाग्दैन कर (विवरणसहित) हवाई सेवामा भ्याट : अध्ययन दलले टुंगो लगायो कुन शीर्षकमा लाग्छ, कुनमा लाग्दैन कर (विवरणसहित)


प्रकाशित : मंगलबार, असार २६ २०८००३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend