शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

हवाई सेवामा भ्याट : अध्ययन दलले टुंगो लगायो कुन शीर्षकमा लाग्छ, कुनमा लाग्दैन कर (विवरणसहित)

images
images
images
हवाई सेवामा भ्याट : अध्ययन दलले टुंगो लगायो कुन शीर्षकमा लाग्छ, कुनमा लाग्दैन कर (विवरणसहित)

उदाहरणका लागि हवाई फेयर रकमभित्र ल्याण्डिङ, पार्किङ, सञ्चार उपकरण लागत शुल्कमा प्राधिकरणले पहिले नै भ्याट लिने गरेको हुँदा उक्त शीर्षकमा समेत भ्याट नलाग्ने गरी सुझाव दिएको छ।

images
images

काठमाडौं- हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाअनुसारको प्रशासन र विधि तयका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। आन्तरिक राजस्व विभागले हवाई टिकटमा भ्याट लगाउने विषयमा अध्ययन कार्यदल गठन गरेको थियो। आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकटमा कसरी भ्याट लगाउने भन्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको थियो।

images
images
images

कार्यदलले अध्ययन गरी अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएको छ। योसँगै विभागले असार १५ गतेदेखि नै हवाई टिकटमा भ्याट लगाउने तयारीसमेत गरेको छ। सोही प्रयोजनका लागि विभागले वायुसेवा कम्पनीहरूलाई भ्याटका दर्ता हुनसमेत अनुरोध गरिसकेको छ। कम्पनीहरूले पनि सोहीअनुसार काम गरिरहेका छन्।

images

विभागले गरेको अध्ययनमा इन्धन चार्जमा पहिले नै भ्याट रहेको छ। त्यो रकममा भ्याट लाग्दैन। यसैगरी विभिन्न सेवामा पहिले नै भ्याट लागेको हुँदा तिनमा पनि भ्याट लाग्दैन। अब हवाई फेयर अर्थात आधार दरबाहेकको मुनाफा र अन्य दरमा भ्याट लाग्नेगरी सुझाव दिइएको छ। तर अन्तर्राष्ट्रिय टिकटको हकमा भने इन्धनमा पहिले भ्याट नभएका कारण अहिले भ्याट लाग्ने गरी सुझाव दिएको छ।

images

उदाहरणका लागि हवाई फेयर रकमभित्र ल्याण्डिङ, पार्किङ, सञ्चार उपकरण लागत शुल्कमा प्राधिकरणले पहिले नै भ्याट लिने गरेको हुँदा उक्त शीर्षकमा समेत भ्याट नलाग्ने गरी सुझाव दिएको छ।

images
images

भ्याट लागेपछि गन्तव्यअनुसार भाडा वृद्धि हुने भएको छ। एकमुष्ठ भाडामा भ्याट नलाग्ने भएका कारणले गर्दा यस्तो हुने भएको हो। कुनै गन्तव्यमा दुई प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ भने कुनैमा ६ प्रतिशत छ। भाडामा समावेश भएका विभिन्न शीर्षक र करयोग्य मूल्यका आधारमा फरक पर्ने भएको छ। 

कसरी कुन रकममा भ्याट लाग्छ?

उदाहरणका लागि काठमाडौं-सिमराकोभाडा ३१ सय ८६ रुपैयाँ (आधारदर ७ सय, इन्धन शुल्क २२६० र विभिन्न निकायको शुल्क तथा कर/२२६ रुपैयाँ) रहेछ।

सो रकम मध्ये आधार दरमा भएको रकम मध्ये १ सय रुपैयाँमा भ्याटसमेत ११३ रुपैयाँ र मुनाफासहितको थप रकम ५८७ रहेछ भने इन्धन भ्याट २६०  समेत गरी जम्मा २२६० रुपैयाँ र विभिन्न निकायको शुल्क/कर २ सय र भ्याट २६ रुपैयाँ गरी २२६ रुपैयाँ गरी काठमाडौंदेखि सिमरासम्मको हवाई भाडा कुल ३१८६ रूपैयाँ रहेको छ।

अब हवाई यातायात सेवामा भ्याट लाग्ने अवस्थामा कर लाग्ने मूल्य २८८७ (६८७, २ हजार र २ सय रुपैयाँ) हुन्छ भने सो मूल्यमा १३ प्रतिशत दरले हुन कर  ३७५ कायम हुन आउने अध्ययन रिपोर्टमा उल्लेख छ।

सोही हिसाबमा अहिले पोखरा काठमाडौंको भाडा ६३५० रुपैयाँ (आधार दर ३४७०, इन्धन शुल्क २३८० र यात्रु सेवा शुल्क ५०० रुपैयाँ) हुन्छ। 

सो रकममध्ये आधार दरमा भएको रकममध्ये ५ सयमा मूल्य अभिवृद्धि कर सहित ५६५ र मुनाफा सहितको अन्य रकम  २९०५ रुपैयाँ रहेछ भने इन्धन शुल्कमा भ्याट २७४ रुपैयाँ र २१०८ रपैयाँ समेत गरी जम्मा २३८० रुपैयाँ इन्धन शुल्क  र यात्रु सेवा शुल्क ४४२ र भ्याट ५८ रुपैयाँ गरी जम्मा ५ सय रुपैयाँ गरी काठमाडौं पोखराको भाडा ६३५० रुपैयाँ हुन्छ।

अब हवाई यातायात सेवामा भ्याट लाग्ने अवस्थामा कर लाग्ने मूल्य ३४०५ प्लस २१०८ प्लस ४४२लाई जोडेर आउने ५९५५ मा तेह्र प्रतिशत भ्याटको दरले ७७४ रुपैयाँ समेत गरी काठमाडौं-पोखराको भ्याट सहितको भाडा ६७२९ रुपैयाँ मात्रै हुन्छ। यसको हिसाबले पोखराको भाडा अहिलेको तुलनामा ६ प्रतिशतको हाराहारीमा मात्रै बढ्छ।

अन्तर्राष्ट्रिय टिकटको हकमा

यसैगरी अध्ययन दलले अन्तर्राष्ट्रिय हवाई टिक‍टको हकमा भने प्रस्थान विन्दुमा हुने यात्रुहरूको हकमा कर लाग्ने मूल्यमा बील जारी गर्नु पर्ने सुझाव दिएको छ।

कार्यदलले काठमाडौं- दिल्ली उडानको हवाई यातायात भाडा  १३ हजार २ सय (आधार दर ६ हजार, इन्धन शुल्क ५ हजार र विभिन्न निकायको शुल्क/कर २२६० रुपैयाँ) रहेको हकमा हिसाब निकालेको छ। 

सो रकम मध्ये आधार दरमा भएको रकम मध्ये १ हजार रुपैयाँमा भ्याट समेत गरी ११३० रुपैयाँ र मुनाफासहितको अन्य रकम ४८७० रहेछ, इन्धन शुल्क ५ हजार र विभिन्न निकायको शुल्क/कर २ हजारमा २६० रुपैयाँ समेत गरी २२६० रुपैयाँ गरी काठमाडौंदेखि नयाँ दिल्लीसम्मको हवाई भाडा कुल १३ हजार २ सय ६० रुपैयाँ हुन्छ। 

यस अवस्थामा हवाई यातायात सेवामा भ्याट लाग्ने हुँदा कर लाग्ने रकम १२ हजार ८ सय ७० (५८७० प्लस ५००० प्लस २०००) रुपैयाँ हुन्छ। सो मूल्यमा १३ प्रतिशत भ्याट १६७३ रुपैयाँ समेत गरी काठमाडौंदेखि नयाँ दिल्लीको हवाई भाडा १४५४३ रुपैयाँ हुने आउने कार्यदलको निष्कर्ष छ।

अध्ययन कार्यदलको हिसाब विवरण

one.jpg
one a.jpg

images

प्रकाशित : सोमबार, असार ११ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend