आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेर चीनले ‘चिप वार’ घोषणा गरेको हो?

images
images
images
कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेर चीनले ‘चिप वार’ घोषणा गरेको हो?

चीनको वाणिज्य मन्त्रालयले आगामी अगस्ट १ देखि गालियम र गार्मनियमको निर्यात नगर्ने बताएको हो। अमेरिका र युरोपले त्यहाँबाट चीन निर्यात हुँदै आएको सेमिकन्डक्टर निर्यात नगर्ने बताएपछि चीनले प्रतिउत्तरमा दुई कच्च पदार्थको अमेरिका निर्यात रोक्ने घोषणा गरेको हो। 

images
images

काठमाडौं- बेइजिङले पुनः एकपटक चिप (सेमिकन्डक्टर) उत्पादनमा अमेरिकासँग ‘युद्ध’को संकेत गरेको छ। गएको सोमबार चीनको वाणिज्य मन्त्रालयले चिप उत्पादन गर्न अत्यावश्यक दुई कच्चा पदार्थको निर्यात नगर्ने घोषणा गरेको छ। 

images
images
images

विशेष गरि अमेरिकातर्फ निर्यात हुँदै आएको सेमिकन्डक्टर उत्पादन गर्न नभइ नहुने दुई महत्वपूर्ण पदार्थ नपठाउने बताएको छ। चीनको वाणिज्य मन्त्रालयले आगामी अगस्ट १ देखि गालियम र गार्मनियमको निर्यात नगर्ने बताएको हो। अमेरिका र युरोपले त्यहाँबाट चीन निर्यात हुँदै आएको सेमिकन्डक्टर निर्यात नगर्ने बताएपछि चीनले प्रतिउत्तरमा दुई कच्च पदार्थको अमेरिका निर्यात रोक्ने घोषणा गरेको हो। 

images

गालियम र गार्मनियम कच्च पदार्थ निर्यात गर्न चीन सरकारको अनुमति लिनु पर्ने व्यवस्था गरिएको छ। यी दुई कच्च पदार्थ कम्प्युटर चिप, सोलार प्यानललगायत विभिन्न सामान बनाउन प्रयोग हुन्छ। युरोपियन युनियनले यी कच्च पदार्थलाई संवेदशिल तत्वका रुपमा समेत परिभाषित गरेको छ। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार चीन गालियमको सबैभन्दा ठूलो उत्पादक र गार्मनियमको उत्पादन तथा निर्यातकर्ता हो। 

images

चीनको पछिल्लो निर्णय प्रति अमेरिकाले आपत्ती जनाएको छ। त्यस्तै वाणिज्य मन्त्रालयको नयाँ निर्णय अमेरिकाको चिप निर्यात प्रतिबन्दको प्रतिउत्तरमात्र भएको दाबी चीनले गरेको छ। यसलाई विज्ञहरूले चीन र अमेरिकाबीच ‘चिप युद्ध’को विजारोपणको रुपमा हेरेका छन्। 

images
images

जापान सरकारले चिप उत्पादन गर्ने उपकरणको निर्यातमा रोक लगाउने घोषणा गरेको थियो। मार्चमा जापानले २३ प्रकारका सेमिकन्डक्टर उत्पादन उपकरण निर्यातमा रोक लगाउने बताएको थियो। 

अमेरिका र चीनबीच चिपसहित अन्य व्यापारका विषयमा तनाव बढी रहेका बेला जापानसहित केही देशले चिप उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेका थिए। प्रविधि व्यापारमा अमेरिकी खेमामा रहेको जापानले विभिन्न २३ प्रकारका सेमिकन्डक्टर निर्यात नगर्ने बताएको हो। जापानले यस्ता उपकरण निर्यातमा रोक लगाएपछि चीनको एडभान्स्ड चिप उत्पादनमा ह्रास आउने छ। 

जापान चिप उपकरण उत्पादक देशहरूको घर हो भन्दा फरक पर्दैन। विश्वका धेरै चिप बनाउने उपकरण उत्पादन गर्ने कम्पनीहरू जापानमै छन्। जापानी चिप उपकरण निर्माता निकोन कर्प, टोक्यो इलेक्ट्रिोनलगायत कम्पनीले चीनमा मात्रै निर्यात नगर्ने नबताए निर्यातका लागि अनुमति आवश्यक भएका बताएका थिए। 

प्रविधि उत्पादन गर्ने राष्ट्रका रुपमा जापानले आफ्नो जिम्मेवारी अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि पूरा गरिरहेको अर्थ, व्यापार तथा उद्योग मन्त्रीले बताएका छन्। जापानले मिलिटरी प्रयोजनका लागि एडभान्स्ड प्रविधिको निर्यात रोक्नु आफ्नो लक्ष्य भएकोसमेत स्पष्ट पारेको छ। 

तथापी जापानले आफूले एउटा मुलुकका लागि मात्र निर्यात रोक्ने मनसाय नराखेको दाबी गरेको छ। तर जापानको उक्त निर्णयले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले लिएको नीतिकै विजय भएको रोयटर्सले लेखेको छ। बाइडेन प्रशासनले गएको अक्टोबरमा अमेरिकी चिप उत्पादन प्रविधिमा चीनको पहुन नहुने घोषणा गरेको थियो। 

चिप उत्पादन उपकरण उत्पादनको हेविवेट मानिने जापान र नेदरल्यान्डको समन्वयबीना अमेरिकाले चालेको कदम फिका भइरहेको थियो। जापान र नेदरल्यान्ड गएको जनवरीमा अमेरिकाले भनेबमोजिम चीनतर्फ चिप उत्पादन उपकरण निर्यात नगर्न सहमत भएका थिए। जापान र चीन मुख्यगरि १४-सब नानोमिटर चिप उत्पादन निर्यात नगर्ने निष्कर्षमा पुगेका हुन्। जापानले चिप उत्पादनमा प्रयोग हुने ६ वर्गका उपकरणको निर्यातमा नियन्त्रण गर्ने भनेको थियो। चिप उत्पादनको मुख्य उपकरणसहित क्लिनिङ, डिपोजिसन, लिथोग्राफि, इचिङलगायतको निर्यात रोकेको हो। 

कुनै समय चिप उत्पादन उपकरणमा जापानी दबदबा नै थियो। तर पछिल्लो समय जापानको बजार हिस्सा १० प्रतिशतले घटेको छ। यद्यपी जापान चिप बनाउने उपकरण र सेमिकन्डक्टर सामग्रीका लागि मुख्य आपूर्तिकर्तामै पर्छ। टोक्यो इलेक्ट्रिोन र स्क्रिन अहिले पनि विश्वको पाँचौ धेरै चिप उत्पादन गर्ने कम्पनीमा पर्छ। त्यस्तै अन्य जापानी कम्पनीहरूको पनि चिप उत्पादन उपकरण निर्यातमा ठूलो हिस्सा रहेको छ।

चिप सवारीसाधनदेखि मोबाइल उपकरण र अन्य विद्युतीय उपकरणका लागि अत्यावश्यक छ। कोरोना महामारीयता विश्वभर सप्लाई चेनमा भएको ब्रेकका कारण चिप अभाव हुँदै आएको छ जुन हालसम्म समाधान हुन सकेको छैन। पछिल्लो समय चिप उत्पादनमा शक्ति राष्ट्रहरूले इगोको रुपमा लिएका छन्। धेरै जसो देशले आफैं चिप उत्पादन गर्ने भन्दै अर्बौं डलर लगानीको घोषणासमेत गरेका छन्। 

license.jpg

चिपका ठूला उत्पादकहरू

चिपको आविस्कार अमेरिकामा भए पनि पछिल्लो समय एसियाली मुलुकहरू सेमिकन्डक्टर उत्पादनको केन्द्र बनेका छन्। ताइवानी कम्पनीहरूले मात्र ६० प्रतिशतभन्दा बढी चिप विश्व बजारमा बिक्री गर्दै आएका छन्।  

त्यस्तै दक्षिण कोरियाली कम्पनीले १८ प्रतिशत, चिनियाँ कम्पनीले ६ प्रतिशत र विश्वका अन्य मुलुकका कम्पनीले १३ प्रतिशत सेमिकन्डक्टर उत्पादन गर्दै आएका छन्। यो सिनारियो आगामी वर्षहरूमा परिवर्तन हुनेछ। किनकी भारत, मलेसियाल, अमेरिका तथा युरोपका केही देशहरूले सेमिकन्डक्टर उत्पादनमा अर्बौं डलर लगानी गरिसकेका छन्। 

विश्वको सबैभन्दा ठूलो चिप्स निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) हो। यसले विश्व सेमिकन्डक्टर बजारको ५४ प्रतिशत हिस्सा ओगट्छ। त्यस्तै ९० प्रतिशतभन्दा बढी सुपर एडभान्स चिप उत्पादन गर्ने कम्पनी पनि टीएसएमसी नै हो। एप्पलका लागि चिप आपूर्ति गर्ने पनि टीएसएमसी हो। ताइवानसँगै टीएसएमसी अमेरिका जापानलगायत मुलुकमा उद्योग रहेकाले उत्पादन विस्तार गर्दै छ। टीएसएमसी १९८७ मा स्थापना भएको कम्पनी हो। 

त्यस्तै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्स विश्वको दोस्रो ठूलो चिप उत्पादक हो। टेलिभिजन, मोबाइल फोन, ट्याब्लेटलगायत उत्पादन गर्ने यो कम्पनीले आफ्ना उत्पादनमा मात्रै होइन सोनी, नोकिया, एप्पल, एचटीसीलगायतलाई समेत सेमिकन्डक्टर उपलब्ध गराउँदै आएको छ। विश्व चिप बजारमा सामसङको हिस्सा १७ प्रतिशत रहेको छ। 

चिप्स उत्पादनमा तेस्रो ठूलो कम्पनी पनि ताइवानमै छ। युनाइटेड माइक्रोइलेक्ट्रोनिक्स कर्पाेरेसन (यूएमसी)को चिप बजारमा ७ प्रतिशत हिस्सा छ। विश्वको चौथो ठूलो चिप निर्माता कम्पनी ग्लोबल फाउन्ड्रिज हो जसले सात प्रतिशत बजार हिस्सा ओगटेको छ। यो मात्रै यस्तो कम्पनी हो जसले अमेरिका युरोपियन युनियन तथा सिंगापुरमा पनि कम्पनी स्थापना गरेर चिप उत्पादन गरिरहेको छ। 

विश्वको पाँचौँ ठूलो चिप निर्माता कम्पनी सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पाेरेसन (एसएमआईसी) हो, जसले कुल उत्पादनमा ५ प्रतिशत योगदान गरिरहेको छ। यो चिनियाँ कम्पनीको मुख्यालय सांघाइमा छ। यसका साथै  इन्टेल कम्पनी पनि ठूलो चिप निर्मातामा पर्छ। अमेरिकाको सबैभन्दा ठूलो चिप निर्माता इन्टेलले कम्प्युटरहरूलाई चिप आपूर्ति गर्दै आएको छ। यसैगरि क्वाल्कम इन्क, माइक्रोन टेक्नोलोजी, ब्रोडकम इन्क, एनभिडियालगायत अमेरिकी कम्पनीहरूले ठूलै संख्यामा चिप उत्पादन गर्दै आएका छन्। 

प्रविधिसँग सम्बन्धित सबैजसो उपकरणमा सेमिकन्डक्टर अत्यावस्क वस्तु हो। अटोमोबाइलका उत्पादनका लागि पनि यो नभइ नहुने कच्चा पदार्थमा पर्छ। कोभिडको समयपछि सेमिकन्डक्टर अभाव हुँदा विश्वभर कार उत्पादन कम भएको थियो। जसको परिणाम स्वरुप कार किन्न चाहनेहरूले महिनौं कुर्नु पर्ने अवस्था आएको थियो। जुन अब भने लगभग सकिएको छ।

अहिलेको प्रविधिको दुनियाँमा प्रविधि उत्पादन गर्नेहरू नै शक्तिशाली हुन्छन्। त्यसैले विश्वको पहिलो र दोस्रो ठूलो अर्थतन्त्र क्रमशः अमेरिका र चीन चिपको व्यापार र उत्पादनमा व्यापार युद्धमा खुलेर होमिएका छन्। यसको असर भने उनीहरूसँगै साना र कम विकसित मुलुकहरूमा बढी पर्ने गरेको छ। 

images

प्रकाशित : बिहीबार , असार २१ २०८००२:४९

प्रतिक्रिया दिनुहोस