शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुकेधारा लाइसेन्स कार्यालयको ट्रायल अब दक्षिण ढोकामा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
सुकेधारा लाइसेन्स कार्यालयको ट्रायल अब दक्षिण ढोकामा

सुकेधारामा रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्यालयले लिने ट्रायल परीक्षा दक्षिण ढोकामा हुने भएको छ। कार्यालयले निजी क्षेत्रसँगको सहकार्यमा कार्यालय नजिकै ट्रायल परीक्षा लिँदै आएको थियो। 

काठमाडौं- सुकेधारामा रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्यालयले लिने ट्रायल परीक्षा दक्षिण ढोकामा हुने भएको छ। कार्यालयले निजी क्षेत्रसँगको सहकार्यमा कार्यालय नजिकै ट्रायल परीक्षा लिँदै आएको थियो। 

सुकेधारा लाइसेन्स कार्यालय नजिकै रहेको ट्रायल सेन्टरको सम्झौता अवधि सकिएकाले सारिएको कार्यालयले जनाएको छ। बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण लाइसेन्सको सबै परीक्षा स्थगित भएको थियो।

यही अवधिमा निजी कम्पनीले सञ्चालनमा ल्याएको ट्रायल सेन्टरको लिज अवधि सकिएकाले सोही कम्पनीले दक्षिण ढोकामा सारेको कार्यालय प्रमुख विष्णुकुमार भुट्टराईले जानकारी दिए। 

निषेधाज्ञा जारी रहेकै बेला ट्रायल सेन्टरको सम्झौता अवधि सकिएकाले सोमबारदेखि सञ्चालन हुने ट्रायल परीक्षा दक्षिण ढोकाबाट हुने भट्टलाईले बताए। 

विभागले ‘कोभिड १९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८’ स्वीकृत गरेको हो।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड लागु गराउन सक्ने गरि कार्यालयको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा एक सिफ्टमा बढीमा १ सय जना परीक्षार्थीको परीक्षा गराउन सकिने मापदण्डमा उल्लेख छ। 

त्यस्तै एउटा कोठामा २५ जना परीक्षार्थी हरने गरि परीक्षा व्यवस्थापन गर्न सकिने विभागले जनाएको छ। मापदण्डमा विभागले परीक्षा केन्द्रमा उपस्थित हुने समय, पालना गर्नुपर्ने नियमको स्पष्ट व्यवस्था गरेको छ।

लाइसेन्सको परीक्षा सञ्चालन गर्ने कार्यालयले खुल्ला ठाउँ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। 

 


प्रकाशित : सोमबार, भदौ २१ २०७८०२:२८
  • सम्बन्धित विषय:

  • # ट्रायल
  • # सुकेधारा लाइसेन्स कार्यालय
  • # दक्षिण ढोका
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend