बुधबार, जेठ २ गते २०८१    
images
images

रोकिएको लाइसेन्स परीक्षा आइतबारदेखि

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
images
images
रोकिएको लाइसेन्स परीक्षा आइतबारदेखि

कोरोना भारइर संक्रमण बढेसँगै जारी निशेधाज्ञाका कारण रोखिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा आज (भदौ २०) बाट सुरु भएको छ।

images
images

काठमाडौं- कोरोना भारइर संक्रमण बढेसँगै जारी निशेधाज्ञाका कारण रोखिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा आज (भदौ २०) बाट सुरु भएको छ। यातायात व्यवस्था विभागले अघिल्लो साता परीक्षा सञ्चालन मापदण्ड तय गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। 

images
images
images

परीक्षा सञ्चालन मापदण्ड आएसँगै यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रले रोकिएका परीक्षा आइतबारबाट लिन लागेको हो। विभागले लाइसेन्स लिन चाहनेका लागि नयाँ फारम भने तत्काल नभराउन भनेको छ। बैशाख १६ देखि जारी निषेधाज्ञा अघि भरिएका फारमको लिखित र राकिएको ट्रायल परीक्षा हुन लागेको हो। 

images

विभागले ‘कोभिड १९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८’ स्वीकृत गरिसकेको छ। उक्त मापदण्डमा परीक्षा सञ्चालन गर्दा अवनाउनु पर्ने सुरक्षा सावधानीबारे उल्लेख छ।  

images
images

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड लागु गराउन सक्ने गरि कार्यालयको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा एक सिफ्टमा बढीमा १ सय जना परीक्षार्थीको परीक्षा गराउन सकिने मापदण्डमा भनिएको छ। 

images
images

त्यस्तै एउटा कोठामा २५ जना परीक्षार्थी हरने गरि परीक्षा व्यवस्थापन गर्न सकिने विभागले जनाएको छ। मापदण्डमा विभागले परीक्षा केन्द्रमा उपस्थित हुने समय, पालना गर्नुपर्ने नियमको स्पष्ट व्यवस्था गरेको छ। 
लाइसेन्सको परीक्षा सञ्चालन गर्ने कार्यालयले खुल्ला ठाउँ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। 

देशभर लिखित परीक्षा दिन फारम भरेर बसेका र लिखित पास गरेर ट्रायल परीक्षा दिन कुरिरहेकाको संख्या ६ लाख भन्दा बढी रहेको विभागले जनाएको छ। फारम भरेर र लिखित पास गरेर बाँकी परीक्षाको पर्खाइमा रहेकाले परीक्षा दिएपछि नयाँ फारम खोल्ने तयारी विभागले गरेको छ।

काठमाडौं उपत्यकामा लाइसेन्सका ४ वटा कार्यालय छन्। अन्य हरेक प्रदेशमा दुईवटासम्म लाइसेन्स कार्यालय छन्। विभागले ट्रायल पास गर्ने परीक्षार्थीलाई परीक्षणकालील लाइसेन्स दिने बतााएको छ।

यस्तै ट्रायल परीक्षामा नयाँ मापदण्ड कार्यान्वयन हुँदैछ। विगतमा ट्रायल परीक्षामा १ सय पूर्णाङ्क नै ल्याउनु पथ्र्यो। तर नयाँ मापदण्ड अनुसार १ सय पूर्णाङ्कमा ७० ल्याउनेले लाइसेन्स पाउनेछन्। लिखित परीक्षामा सोधिने पश्नको संगालो समेत विभागको वेबसाइटमा सार्वजनिक भइसकेको छ। 

विभागको वेबसाइटमा रहेको प्रश्न संगालोबाट नै परीक्षार्थीलाई प्रश्न सोधिने छ। २०६८ बैशाखदेखि विभागले ट्रायलको नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको थियो। 

 

images

प्रकाशित : आइतबार, भदौ २० २०७८०४:०६
  • सम्बन्धित विषय:

  • # स्मार्ट लाइसेन्स
  • # यातायातविभाग
  • # ट्रायल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend