बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

वाणिज्य र नेपाल बैंक मर्जरको प्रारम्भिक प्रक्रिया अघि बढ्यो, अर्थले बनायो समिति

आइतबार, वैशाख १७ २०८०
वाणिज्य र नेपाल बैंक मर्जरको प्रारम्भिक प्रक्रिया अघि बढ्यो, अर्थले बनायो समिति

अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यववस्थापन महाशाखाका प्रमुख भुपाल बरालको संयोजकत्वमा कार्यदल बनाएको हो।

काठमाडौं- अर्थमन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको मर्जरका लागि कार्यदल गठन गरेको छ। निजी क्षेत्रका बैंकहरु धमाधम मर्ज भइरहेका बेला दुई सरकारी बैंक मर्जरका लागि प्रक्रिया अगाडि बढाउन समिति गठन गरिएको हो।

दुई बैंकको मर्जरको सम्बन्धमा अर्थले अध्ययनका लागि कार्यदल गठन गरेको अर्थमन्त्रालयले जनाएको छ। 

अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यववस्थापन महाशाखाका प्रमुख भुपाल बरालको संयोजकत्वमा कार्यदल बनाएको हो। नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले विगतदेखि नै दुई बैंक मर्जरका लागि दबाब दिँदै आएका छन्। 

नेपाल सरकारको बहुमत स्वामित्वमा रहेका कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड तथा पूर्णस्वामित्वमा रहेको राष्ट्रिय बैंक पनि मर्जरको दबाबमा पर्ने देखिएको छ। पहिलो चरणमा नेपाल बैंक र वाणिज्य बैंकबीच मर्जरका लागि प्रारम्भिक काम अगाडि बढाएको हो।

निजी क्षेत्रका बैंकहरू धमाधम मर्जरमा गएर चुक्तापुँजी र व्यापार विस्तारको हिसाबले आक्रामक बन्ने देखिएपछि सरकारी बैंकबीचको मर्जर पनि चर्चामा रहेको छ। अनौपचारिक कुराकानीमा तीनवटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले मर्जरको विषयमा छलफलसमेत गरेका छन्। 

यता राष्ट्र बैंकले सरकारी बैंकहरूलाई मर्जरको ताकेता नै गरेपछि मर्जरमा जानेगरी छलफल केन्द्रित गर्न सुझाव दिँदै आएको थियो। 

निजी वाणिज्य बैंक मर्ज भइरहँदा सरकारी बैंक दबाबमा; कृषि, वाणिज्य र नेपाल बैंक मर्ज भए बन्नेछ देशकै विशाल बैंक निजी वाणिज्य बैंक मर्ज भइरहँदा सरकारी बैंक दबाबमा; कृषि, वाणिज्य र नेपाल बैंक मर्ज भए बन्नेछ देशकै विशाल बैंक

 


प्रकाशित : आइतबार, वैशाख १७ २०८०१३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend