मंगलबार, असोज १ गते २०८१    
images
images

व्याप्त समस्याका कारण कृषि अपहेलित छ : मन्त्री भुसाल

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
images
images
व्याप्त समस्याका कारण कृषि अपहेलित छ : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कुल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा आठ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको बताए। यस क्षेत्रको विकास गर्न थप बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन्। 

images
images
images

अखिल नेपाल किसान महासंघको ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए। त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने उनले जानकारी दिए।

कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै मन्त्री भुसालले भने, 'यो क्षेत्रमा व्याप्त समस्याका कारण कृषि अपहेलित छ।'

कुल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा आठ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको जानकारी दिँदै उनले किसानलाई सहयोग गरी यस क्षेत्रको विकास गर्न थप बजेट व्यवस्थापन गर्नुपर्ने बताए।

images

मन्त्री भुसालले किसानमाथि हुने शोषण अन्त्य गर्न अखिल नेपाल किसान संघको स्थापना गरिएको भन्दै उनीहरुलाई मल, बीउ विजन, सिँचाइ, बजारीकरण, यान्त्रिकरण तथा पूर्वाधारको विकास गर्नुपर्ने बताए। खाद्य संप्रभुताको नियामावली बनाउन सरकार क्रियाशील रहेको जानकारी दिँदै उनले त्यसलाई अगाडि बढाउन कानून र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए।

किसान आन्दोलनका नेता भैरव रेग्मीले किसान अधिकार सुनिश्चित गर्न आफूहरुले राखेको ६२ सुत्रीय माग पूरा गर्नुपर्नेमा जोड दिँदै किसानलाई सम्पन्न बनाउन राजनीतिक दलसँग आबद्ध किसान एकीकृत रुपमा अगाडि बढनुपर्ने विचार व्यक्त गरे।  

महासंघका अध्यक्ष बलराम बाँस्कोटाले देशको विकास र जनताको समृद्धिका लागि कृषि क्षेत्रको विकास गर्नुपर्ने विचार व्यक्त गर्दै सरकारले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए। रासस


प्रकाशित : आइतबार, वैशाख १७ २०८०१२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend