बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

दोस्रो बजारमा प्रतिस्पर्धी अपि पावर र लिवर्टी इनर्जी, लगानीकर्तालाई कुन किन्दा के फाइदा?

शनिबार, भदौ २२ २०८१
दोस्रो बजारमा प्रतिस्पर्धी अपि पावर र लिवर्टी इनर्जी, लगानीकर्तालाई कुन किन्दा के फाइदा?

काठमाडौं- पछिल्लो समय दोस्रो बजारमा जलविद्युत कम्पनीका सेयर मूल्य लगातार बढेका छन्। असारको पहिलो सातायता धेरै कम्पनीहरूको सेयर मूल्य दोबर अर्थात शतप्रतिशतसम्म बढिसकेको छ। 

तीमध्येका अपि पावर कम्पनी र लिवर्टी इनर्जी कम्पनीको सेयर खरिद बिक्री लगातार उच्च हुँदै आएको छ।

अपि पावर कम्पनी पछिल्लो केही दिन यता उच्च कारोबार हुने सूचीमा पर्दछ। त्यस्तै लिवर्टी पनि त्यस्तै उच्च बिन्दुमा बढ्ने कम्पनीको सूचीमा लगातार परिरहेको छ।

अपि पावर कम्पनीले आकर्षक लाभांश घोषणा गर्दा लगानीकर्ता आकर्षिक भएका छन् भने लिवर्टी इनर्जीले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न खोजेका कारण आकर्षणमा पर्दै आएको छ। 

अपि पावर

अपि पवारले गतवर्षको नाफाबाट लगानीकर्तालाई ९ प्रतिशत बोनस सेयर घोषणाा गरिसकेको छ। कम्पनीले दोस्रो बजारमा ३३५ रुपैयाँमा प्रतिकित्तामा कारोबार भएको छ। केही दिनयता समग्र सेयर बजारमा करेक्सन आउँदा कम्पनीको सेयर मूल्य पनि ३९० बाट तल झरेर ३५५ रुपैयाँ आएको छ। अन्यथा कम्पनीको १६५ रुपैयाँबाट लगातार बढेर ३९० रुपैयाँसम्म पुगेको थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी ७.८९ रुपैयाँ रहेको छ। पीइ रेसियो ४२.४७ गुणा रहेको छ। बुक भ्यालु १०९.७३ रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण १९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने चुक्ता पुँजी ५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। 

आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी १ अर्ब नाघेको छ। विद्युत बिक्रीमार्फत १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ३३ करोड ८३ लाख रुपैयाँ मात्र थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उच्च दरमा बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९३२.११ प्रतिशत बढेर ४५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २११.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९९.२४ प्रतिशत बढेको छ। त्यस्तै कम्पनीको वित्तीय खर्च पनि १३७.३३ प्रतिशत बढेको छ।

लिवर्टी इनर्जी

५० प्रतिशत हकप्रद दिन लागेको कम्पनीको सेयर मूल्य बिहीबार २८८ रुपैयाँमा प्रतिकित्ता अन्तिम कारोबार भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी माइनस २.४४ रुपैयाँ रहेको छ। पीइ रेसियो ११८ गुणाले माइनस रहेको छ। बुक भ्यालु ६३.३६ रुपैयाँ रहेको छ। दोस्रो बजारमा कम्पनीको ५२ हप्तामा ३४४ रुपैयाँसम्म पुगेको थियो। १३८ रुपैयाँ न्यूनतम मूल्यबाट कम्पनीको सेयर मूल्य बढ्न थालेको थियो। 

विद्युत नियमन आयोगले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न सहमति गरिसकेको छ। तर नेपाल धितोपत्र बोर्डमा नेतृत्व नहुँदा जारी हुन सकेको छैन। 

सहमतिसँगै लिवर्टीले लगानीकर्तालाई १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत हुन आउने ७५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ। 

कम्पनीद्वारा निर्माणाधीन लमजुङ जिल्ला स्थित २५ मेवा क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना हाल निर्माणको अन्तिम चरणमा रहेको छ।  कम्पनीद्वारा सर्वेक्षण अनुमतिपत्र प्राप्त थप दुईवटा जलविद्युत आयोजनाहरुसमेत सर्वेक्षणको क्रममा रहेको छ।


प्रकाशित : शनिबार, भदौ २२ २०८१०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend