काठमाडौं- हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन्।
कम्पनीहरुले उडान गन्तव्यमा फ्युल सरचार्ज घटाएका हुन्। योसँगै सबैजसो गन्तव्यमा हवाई भाडा घटेको हो।
आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ घटाएकाे थियाे। साेही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणकाे अनुमतिमा इन्धन सरचार्ज घटाएका हुन्।
वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको थियाे। प्राधिकरणले स्वीकृत गरेसँगै भाडा घटेकाे हाे।
कहाँ कति घट्यो भाडा?