आइतबार, वैशाख १६ गते २०८१    
images
images

अष्ट्रेलिया र दुबई पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने दुईजना पक्राउ 

images
बिजनेस न्युज
images
images
अष्ट्रेलिया र दुबई पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने दुईजना पक्राउ 

अष्ट्रेलिया र दुबईमा आकर्षक तलबमा काम लगाइदिने प्रलाेभनमा पारी ठगी गर्ने मन बहादुर कुमाल पक्राउ परेका हुन्।

images
images

काठमाडौं- वैदेशिक रोजगारीको प्रलोभन देखाएर अष्ट्रेलिया र दुबई पठाइदिन्छु भनेर लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images
images

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवनका २७ वर्षीय सञ्जय रेग्मीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको लाजिम्पाट बस्दै आएका रेग्मीले अष्ट्रेलियाको प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी ३० लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ। 

images

दरबारमार्गबाट पक्राउ परेका रेग्मी लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालकसमेत रहेको पाइएको छ। 

images

यस्तै ६० हजार तलबमा दुबई पठाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँका २६ वर्षीय मन बहादुर कुमाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको सामाखुसी बस्दै आएका कुमाल नयाँ बसपार्कबाट पक्राउ परेका हुन्।

images
images

यूरो टेक कन्सलटेन्सी प्रालिका मार्केटिङ मेनेजरसमेत रहेका कुमाल र रेग्मी दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ। 

images

प्रकाशित : आइतबार, वैशाख १७ २०८०१२:३८
प्रतिक्रिया दिनुहोस