शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

उपाय सिटी कार्गोले मोटरसाइकलबाट ढुवानी सेवा दिने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
उपाय सिटी कार्गोले मोटरसाइकलबाट ढुवानी सेवा दिने 

उपाय सिटी कार्गोले काठमाडौंमा मोटरसाइकल तथा स्कुटरबाट पनि ढुवानी सेवा दिने भएको छ। युकेएडको रोजगारीका लगि सिप कार्यक्रमको सहयोगमा यो सेवा सुरु गरेको हो। 

काठमाडौं- उपाय सिटी कार्गोले काठमाडौंमा मोटरसाइकल तथा स्कुटरबाट पनि ढुवानी सेवा दिने भएको छ। युकेएडको रोजगारीका लगि सिप कार्यक्रमको सहयोगमा यो सेवा सुरू गरेको हो। 

सहरभित्रका साना वस्तुको ढुवानी सस्तो र सहज हुने भएकोले सेवा सुरू गरिएको उपायले जानकारी दिएको छ। 

साना व्यवसायीका भारी सामानहरूको लागि मात्र नभइ साना वस्तुहरू र पार्सल डेलिभरीका लागि पनि ढुवानी सेवा सुरु गरिएको उपाय सिटीकार्गोका अध्यक्ष सुमन रायमाझीले बताएका छन्। 

यो कार्यक्रम अन्तर्गत उपायले २ हजार बढी ड्राइभरलाई डिजिटल साक्षरताको तालिम दिने छ। चालकहरूलाई अनलाइन प्ल्याटफर्म चलाउन तथा त्यसबाट सेवा लिन/दिन सहयोग पुग्ने कम्पनीको विश्वास छ। 

अनलाइनको माध्यमबाट कार्गो सेवा दिने उपायले  व्यक्ति र व्यवसायलाई  पिकअप र दुई पाङ्ग्रे चालकलाई जोड्ने छ। 


प्रकाशित : आइतबार, भदौ २० २०७८०३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend