बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निगमको लापरबाहीले छुटेका सामान १३ घण्टापछि मलेसिया पठाइयो

यात्रुको सामान छुटेको विषयमा छानबिन गर्न प्राधिकरणको निर्देशन

सोमबार, वैशाख ११ २०८०
निगमको लापरबाहीले छुटेका सामान १३ घण्टापछि मलेसिया पठाइयो

काठमाडौं- नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङमा रहेका कर्मचारीको लापरबाहीले छुटेका सामानहरू १३ घण्टापछि मलेसिया पठाइएको छ।

मलेसियन एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार राति ११ बजेर २५ मिनेटमा अवतरण गर्‍यो। अवतरणपछि केहीबेरमा १ सय ७५ जना यात्रु लिएर पुनः क्वालालम्पुरतर्फ उड्यो। तर मलेसिया पुगेका ४६ जना यात्रुको ६ सय किलो सामान भने त्रिभुवन विमानस्थलमा नै छुटेको थियो।

'जहाज मलेसिया पुगेको १३ घण्टापछि छुटेका सामानहरू मलेसियन एयरमार्फत नै पठाइएको छ' निगम स्रोतले भन्यो। 

आइतबार राति बोर्डिङ गरेर यात्रुले एयरलाइन्सलाई सामान जिम्मा लगाएका थिए। तर यात्रुले आफ्नो ६ सय किलो सामान पाएनन्। मलेसियामा विमानस्थल र एयरलाइन्स कम्पनीलाई ब्यागेज नआएको जानकारी दिए। जानकारीपछि एयरलाइन्स र विमानस्थलले ब्यागेज खोजी गरे। तर ब्यागेज काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहेको जानकारी पाइयो। 

विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगमले गर्दै आएको छ। सम्पूर्ण ब्यागेज र ह्यान्डलिङको जिम्मा निगमका कर्मचारीले गर्नेगरी मलेसियन एयरले सम्झौता गरेको छ। सोहीअनुसार उनीहरूले सेवा पाउने हुन् तर निगमका कर्मचारीको लापरबाहीले ब्याजेग छुटेको थियो।

छानबिन गर्न निर्देशन

यात्रुको सामान छुटेको विषयमा छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ।

मलेसिया पठाउनुपर्ने ४६ जना यात्रुको ६ सय किलो सामान निगमको लापरबाहीका कारणले छुटेको विषय बाहिरिएसँगै प्राधिकरणले छानबिनका लागि निगमलाई निर्देशन दिएको हो।  

नेपाल एयरलाइन्सका कर्मचारीले मलेसिया उडेका यात्रुको ६ सय किलो सामान छुटाइदिए नेपाल एयरलाइन्सका कर्मचारीले मलेसिया उडेका यात्रुको ६ सय किलो सामान छुटाइदिए


प्रकाशित : सोमबार, वैशाख ११ २०८०१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend