सोमबार, असोज ८ गते २०८०    

नेपाल एयरलाइन्सका कर्मचारीले मलेसिया उडेका यात्रुको ६ सय किलो सामान छुटाइदिए

images
नेपाल एयरलाइन्सका कर्मचारीले मलेसिया उडेका यात्रुको ६ सय किलो सामान छुटाइदिए
images

काठमाडौं- मलेसियन एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार राति ११ बजेर २५ मिनेटमा अवतरण गर्‍यो। अवतरणपछि केहीबेरमा १ सय ७५ जना यात्रु लिएर पुनः क्वालालम्पुरतर्फ उड्यो। तर मलेसिया पुगेका ४६ जना* यात्रुको ६ सय किलो सामान हरायो।

images

बोर्डिङ गरेर यात्रुले एयरलाइन्सलाई सामान जिम्मा लगाएका थिए। तर यात्रुले आफ्नो ६ सय किलो सामान पाएनन्। मलेसियामा विमानस्थल र एयरलाइन्स कम्पनीलाई ब्यागेज नआएको जानकारी दिए। जानकारीपछि एयरलाइन्स र विमानस्थलले ब्यागेज खोजी गरे। तर ब्यागेज काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहेको जानकारी पाइयो। 

images

विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगमले गर्दै आएको छ। सम्पूर्ण ब्यागेज र ह्यान्डलिङको जिम्मा निगमका कर्मचारीले गर्नेगरी मलेसियन एयरले सम्झौता गरेको छ। सोहीअनुसार उनीहरूले सेवा पाउने हुन् तर निगमका कर्मचारीको लापरबाहीले ब्याजेग छुटाउनेदेखि ब्याजेग फोर्नेसम्मका घटना सामान्यजस्तो बनिरहेका छन्।

images

आइतबार राति छुटेको ६ सय किलो सामान मलेसिया पठाउन सकिएको छैन। ‘अर्को उडानमा पठाउँदा पनि लोड बढी हुन सक्ने भएर ब्यागेज फुटाएर दुई/तीनवटा उडानमा पठाउनु पर्ने हुनसक्छ,’ निगमका एक कर्मचारीले भने।

images

फुटाउँदा चोरी भएको भनेर यात्रुले ब्यागेज नलिएमा क्षतिपूर्ति निगमले तिर्नुपर्ने हुन्छ। एक किलो सामानको २० डलर क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था रहेको छ। त्यो हुँदा १२ हजार डलर क्षतिपूर्ति तिर्नुपर्न हुनसक्ने समेत ती कर्मचारीले बताए।

अध्यक्ष अधिकारीको बदमासी : आठौँ तहमा अवकाश भएका कर्मचारीलाई नवौँ तहको सेवा सुविधा दिँदै करारमा नियुक्ति अध्यक्ष अधिकारीको बदमासी : आठौँ तहमा अवकाश भएका कर्मचारीलाई नवौँ तहको सेवा सुविधा दिँदै करारमा नियुक्ति

यस्ता घटना हुन नदिन भन्दै केही समयअगाडि मात्रै ग्राउन्ड सर्पोटमा विज्ञ भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले राजकुमार श्रेष्ठलाई नियुक्त गरेका छन्। 

झण्डै दुई वर्षअगाडि नै विमानस्थल ग्राउन्ड सपोर्ट विभागबाट ५८ वर्षे सेवा अवधि पूरा गरेर बाहिरिएका श्रेष्ठलाई पुनः थप सेवा सुविधा दिँदै करारमा नियुक्त गरेका हुन्। आवश्यक नै नभएको ठाउँमा ग्राउन्ड सर्पोटको विज्ञ भनेर नियुक्त गरेकै केही दिनमा यात्रुको ६ सय किलो सामान छुटेको छ। 

जब सचिवकै लगेज नेपाल एयरलाइन्सले फुटाइदियो जब सचिवकै लगेज नेपाल एयरलाइन्सले फुटाइदियो

*४६ जना यात्रुको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको। - सम्पादक

 

images

प्रकाशित : सोमबार, वैशाख ११ २०८००२:२०

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ