बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

जब सचिवकै लगेज नेपाल एयरलाइन्सले फुटाइदियो

मंगलबार, चैत ७ २०७९
जब सचिवकै लगेज नेपाल एयरलाइन्सले फुटाइदियो

'नेपाल एयरलान्सबाट दिल्ली पुगेपछि पहिलो उपहार लथालिंग पारिएको,  फुटाइएको ब्यागेज हात पर्‍यो,' उनले ट्वीटरमा लेखका छन्, 'यसको जिम्मा कसले लिने? तिम्रो अनुसन्धान गर्दै गरौला। मैले मेरो सामान बोक्न अब डोका खोज्नुपर्‍यो?' 

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको लगेज सुरक्षामा ध्यान नदिएको गुनासो बारम्बार आइरहन्छ। 

आफ्नो एयरलाइन्समा यात्रा गर्नेबाहेक अन्य एयरलाइन्समा यात्रा गर्नेको लगेज व्यवस्थापनको काम  (ग्राउन्ड ह्यान्डलिङ) पनि गरिरहेको निगममाथि लगेजबाट सामान चोरीको आरोप समेत लागिरहेको हुन्छ।

पछिल्लो समय निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको लगेज यात्रकै क्रममा च्यातिएको पाइएको छ। नेपाल एयरलाइन्सबाट सोमबार दिल्ली पुगेका सचिव दुवाडीको लगेज तोडफोड भएको उनले जानकारी दिएका हुन्। 

'नेपाल एयरलान्सबाट दिल्ली पुगेपछि पहिलो उपहार लथालिंग पारिएको, फुटाइएको ब्यागेज हात पर्‍यो,' उनले ट्वीटरमा लेखका छन्, 'यसको जिम्मा कसले लिने? तिम्रो अनुसन्धान गर्दै गरौला। मैले मेरो सामान बोक्न अब डोका खोज्नुपर्‍यो?' 

नेपाल एयरलाइन्सका सहप्रवक्ता गणेशकुमार घिमिरेले भने विमानस्थलको लगेज व्यवस्थापनको काम विभागबाट हुने भन्दै यस विषयमा केन्द्रीय कार्यालयमा जानकारी नरहेको बताए।

85b22e19-fa6a-43f4-a2b5-92634ebd296e.jpg

प्रकाशित : मंगलबार, चैत ७ २०७९०५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend