बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अध्यक्ष अधिकारीको बदमासी : आठौँ तहमा अवकाश भएका कर्मचारीलाई नवौँ तहको सेवा सुविधा दिँदै करारमा नियुक्ति

शनिबार, वैशाख ९ २०८०
अध्यक्ष अधिकारीको बदमासी : आठौँ तहमा अवकाश भएका कर्मचारीलाई नवौँ तहको सेवा सुविधा दिँदै करारमा नियुक्ति

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफू निकट एक कर्मचारीलाई अवकाशपछि करारमा नियुक्त गरेको खुलेको छ।

झण्डै २ वर्ष अगाडि नै विमानस्थल ग्राउन्ड सपोर्ट विभागबाट ५८ वर्षे सेवा अवधि पूरा गरेर बाहिरिएका एक कर्मचारीलाई अधिकारीले पुन: थप सेवा सुविधा दिँदै करारमा नियुक्त गरेका हुन्। 

ग्राउन्ड सपोर्ट विभागबाट आठौँ तहबाट अवकाश पाएका राजकुमार श्रेष्ठलाई अध्यक्ष अधिकारीले प्राविधिक विज्ञ भन्दै नवौँ तहका स्थायी कर्माचारीले पाउने सेवा सुविधासरह तलब पाउने गरी करारमा नियुक्त गरेको निगम स्रोतले बताएको हो।

अधिकारीले विज्ञ भनेर नियुक्त गरेका कर्मचारी श्रेष्ठमा ग्राउन्ड सपोर्ट विभागका साताैँ तहको कर्मचारीमा जति पनि ज्ञान नभएको निगम स्रोतको दाबी छ। अधिकारी तथा ग्राउन्ड सपोर्ट विभागका निर्देशकको मिलेमतोमा आर्थिक लाभमा काम गर्ने गरी उनलाई नियुक्त गरेको पनि निगम स्रोतको दाबी छ।

‘श्रेष्ठको काम नै अहिले अध्यक्ष तथा उनी निकट कर्मचारीलाई आर्थिक संकलन गरेर बुझाउने हो’, निगम स्रोतले भन्यो, ‘साताैँ तहको कर्मचारीको जति पनि ज्ञान नभएका कर्मचारी नियुक्त गर्नुको अरु कुनै कारण छैन।’

श्रेष्ठको काम पनि कुन कामबाट कति रकम फाइदा हुन्छ र कसरी बढी आर्थिक लाभ लिने भने मात्रै रहेको छ। उनले गर्ने आर्थिक लाभको काम संस्थालाई नभइ व्यक्तिका लागि रहेको निगम स्रोत बताउँछ। श्रेष्ठभन्दा सक्षम कर्मचारी हुँदाहुँदै आठौँ तहबाट अवकाश भएकालाई नवौं तहमा ल्याउनु नै आर्थिक लाभको विषय जोडिएको निगम स्रोतको दाबी छ।


प्रकाशित : शनिबार, वैशाख ९ २०८००८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend