काठमाडौं- तीन लघुवित्ति कम्पनीको लाभांश बुक गर्नका लागि आज (बिहिबार) अन्तिम दिन तोकिएको छ। आशा लघुवित्त, स्वरोगगार लघुवित्त र सिभिल लघुवित्त कम्पनीले शुक्रबार देखि बुक क्लोज गर्ने मिति तोकेकाले बिहिबारसम्म सेयर खरिद गर्ने सेयरधनीले मात्रै लाभांश पाउने छन्।
आशा लघुवित्तले २६.३१ प्रतिशत लभांश दिदैँ छ। जसमा २५ प्रतिशत बोनस सेयर सेयरधनीले पाउनेछन्। स्वरोजगार लघुवित्तको पनि २५ प्रतिशत लभांशका लागि शुक्रबार देखि बुक क्लोजको मिती तय गरिएको छ।
सिभिल लघुवित्तले पनि २० प्रतिशत लाभांशका लागि शुक्रबार देखिनै बुक क्लोजको मिती तय गरेको छ। कम्पनीले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लभांश दिने घोषणा गरिसकेको छ।